5 years ago
January 29, 2021
एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी आबूधाबी टि१० लिगमा सम्मिलित पूणे डेभिल्सबाट लगातार दोस्रो खेल खेल्ने भएका छन् ।

पुणेले कलन्दर्सविरुद्ध पहिला ब्याटिङ गर्दै छ । कलन्दर्सका कप्तान सोहेल अख्तरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । पुणेका कप्तान नासिर होसेनले बुझाएको प्लेइङ ११ को सूचिमा करण पनि छन् ।
पुणेले बिहिबार डेकन ग्ल्याडियटर्सलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । जितको लागि १ सय ५ रनको विजयी लक्ष्य पछ्यायको पुणेले ९.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । उक्त खेलमा करणले एकै ओभरमा १७ रन खर्चिन पुगेका थिए ।
दोस्रो खेलमा सोमपाल सम्मिलित मराठा अरेवियन्सले दिल्ली बुल्ससँग खेल्ने छ । खेल नेपाली समय अनुसार साँझ ८ः०० बजे सुरु हुने छ । पहिलो खेलमा मराठाले नर्थन वारियर्सलाई ५ विकेटले हराएको थियो । दिल्ली बुल्सले बंगला टाइगर्सलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो ।
सोमपाल टोलीको प्रमुख तीब्र गतिका बलर रहँदै पहिलो र अन्तिम ओभर बलिङ गरेका थिए । २ ओभरमा सोमपालले २८ रन खर्चेका थिए । आजको खेलमा पनि सोमपाल प्रमुख बलरको रुपमा खेल्ने सम्भावना छ ।
त्यस्तै आजको अन्तिम खेलमा कुशल मल्ल सम्मिलित टिम आबूधाबीले डेकनसँग खेल्ने छ । खेल राती १०:१५ बजे सुरु हुने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]