default_image

5 years ago

January 30, 2021

उपाधि जित्न एपिएफलाई आर्मीको मध्यम लक्ष्य

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता फाइनलमा नेपाल एपिएफ क्लबलाई २ सय १२ रनको मध्यम लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ११ रन बनायो । आर्मीका हरि चौहानले १ सय २ बलमा ६ चौका सहित सर्वाधिक ५८ रनको योगदान दिए । हरिले ८९ बलमा अर्धशतक पूरा गरेका थिए ।

आर्मीले आश्चर्य पार्दै ओपनिङमा अनिल कुमार मण्डलका साथ स्पिनर सुशन भारीलाई पठाएको थियो । बाँया हाते स्पिनर सुशनले ९ ओभर सम्म अनिलसँग ३२ रनको साझेदारी गरेका थिए । सुशन किशोर महतोको नवौं ओभरको अन्तिम बलमा कट विहान्ड हुँदै विकेटकिपर सुबास खकुरेलबाट १३ रनमा आउट भए । सुशनले ३४ बल खेल्दै एक चौका प्रहार गरे ।

लगत्तै दशौं ओभरको पहिलो बलमा अनिल एज लागेर सेकेन्ड स्लिपमा आशिफ शेखबाट ११ रनमा आउट भएका थिए । अनिलले २१ बलमा १ चौका प्रहार गरे । १८ औं ओभरको पहिलो बलमा भिम सार्की ७ रनमा सुबास क्याच आउट भए । भिमले ३६ बलमा १ चौका प्रहार गरे । स्पिनर भुवन कार्कीको २७ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा युवा ब्याट्सम्यान रोहित कुमार पौडेल मिडअनमा अमरसिंह रौउटेलाबाट १३ रनमा क्याच लिए ।

रोहितले ३० बलमा १ छक्का प्रहार गरे । विनोद भण्डारी ७ रनमा एलबिडब्लू आउट भए । तल्लोक्रममा लोकेश बम ९ बलमा २ छक्का सहित १५ रनमा क्याच आउट भए । राजेश पुलामी २९ बलमा २ चौका र १ छक्का सहित २८ रनमा आउट भए । साहब आलमले राम्रो अन्त्य गर्दै १४ बलमा २ चौका र १ छक्का सहित २४ रनमा अविजित रहे । विक्रम सोब ११ रनमा आउट भए ।

एपिएफका तीव्र गतिका बलर अभिनाश बोहराले १० ओभरमा २ मेडन सहित २५ रन खर्चेर ४ विकेट लिए । किशोर महतोले १० ओभरमा ५३ रन खर्चेर २ विकेट लिए । भुवन कार्की, शरद भेषावकर र कमलसिंह ऐरीले १–१ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.