default_image

5 years ago

January 30, 2021

आर्मीविरुद्ध आशिफको अर्धशतक

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता फाइनलमा नेपाल एपिएफ क्लबका ओपनर ब्याट्सम्यान आशिफ शेखले त्रिभुवन आर्मी क्लबविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

जितका लागि २ सय १२ रनको विजयी लक्ष्य पछ्याएको आशिफले ५६ बलमा जारी प्रतियोगितामा आफ्नो तेस्रो अर्धशतक प्रहार गरेका हुन् । आशिफले १९ औं ओभरको अन्तिम बलमा सुशन भारीलाई चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए ।

एपिएफले २१ ओभरमा ३ विकेट गुमाउँदै ९९ रन बनाएको छ । आशिफ ६१ बलमा ७ चौका र १ छक्का सहित ५० रनमा खेलि रहेका छन् । आशिफलाई सुमित महर्जनले ५ रनमा साथ दिएका छन् ।

चौथो ओभरको पहिलो बलमा जितेन्द्र मुखियाले ओपनर सुबास खकुरेललाई १४ रनमा विकेटकिपर विनोद भण्डारीबाट क्याच गराउँदै पहिलो सफलता दिलाए । सुबासले १५ बलमा ३ चौका प्रहार गरे । लगत्तै अर्को बलमा कप्तान शरद भेषावकर कटविहाइन्ड हुँदै गोल्डेन डग आउट हुन पुगे ।

तेस्रो विकेटका लागि आशिफ र शंकर रानाले ७१ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए । स्पिनर साहब आलमले २० औं ओभरको चौथो बलमा शंकरलाई विनोदलाई २१ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । शंकरले ४७ बलमा ३ चौका प्रहार गरे ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.