5 years ago
February 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले गत भदौ १८ मा मुख्य प्रशिक्षक सहित पाँच पदको लागि खुल्ला आवेदन मागेको थियो । क्यानले मुख्य प्रशिक्षकसँगै, जनरल म्यानेजर, चिफ फाइनन्स अफिसर, हरेक प्रदेशमा एक एक प्रशिक्षक र क्रिकेट म्यानेजर पद आवश्यक रहेको भन्दै विज्ञापन निकालेको थियो ।

पुष २ मा मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका डेभ ह्वाटमोर, जनरल म्यानेजरमा रौनक मल्ल, क्रिकेट म्यानेजरमा पूर्व कप्तान विनोद दास र चिफ फाइनन्स अफिसरमा रमेश कुमार न्यौपानलाई नियुक्त गरेको थियो । तर ७ प्रदेशमा ७ प्रशिक्षक नियुक्ति विषयमा भने क्यान मौन देखिन्छ ।
चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसि क्रिकेट प्रतियोगिता अघि क्यानले नियुक्त गरि सक्ने अनुमान गरिएको थियो । तर प्रधानमन्त्री कपमा प्रदेश संघले आफैं प्रशिक्षक पठाएका थिए । क्यानको आवेदन अनुसार प्रदेश प्रशिक्षकमा कम्तिमा लेभल एक क्रिकेट कोचिङ गरेको र २५ देखि ५५ सम्म उमेर भएको नेपाली नागरिक हुनुपर्ने योग्यता चाहिन्छ ।
‘क्यानको बोर्ड बैठकबाट पुराना तीन पदाधिकारीसँगै छनोट समिति र प्राविधिक समितिबाट एक एक जना बोलाउने भन्ने विषयमा छलफल भएको थियो । तर छनोट समितिको विषयमा केहि विवाद छ । छनोट समितिले प्रशिक्षक छान्ने होईन भन्ने पनि भएको छ । प्राविधिक समितिबाट गर्ने की भन्ने पनि छ,’ क्यान स्रोतले भन्यो ।
‘समिति बनि सकेको छ । तर यहि भन्ने चाहिँ छैन । हप्ता दिनमा काम सञ्चालन गर्ला’, उक्त स्रोतले भन्यो । मुख्य प्रशिक्षक छनोट गर्दा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव अशोकनाथ प्याकुरेल र कोषाअध्यक्ष रोशन सिंह समितिमा थिए ।
प्रदेश एक बाट पुष्प थापा र लाक्पा लामा लगायतले प्रशिक्षक बन्न आवेदन दिएका छन् । बागमतीबाट सुनिल लामा र सञ्जय महर्जन तथा गण्डकीमा रिजन प्रजु प्रमुख दावेदार देखिएका छन् । लुम्बिनीबाट वसन्त शाही चर्चामा छन् ।
अध्यक्ष चन्द क्यान प्रदेशमा प्रशिक्षक नियुक्त गर्नेक्रममै रहेको बताउँछन् । ‘सबै तयार छ । सर्टलिस्ट निकाली सकेका छौं । बीचमा व्यवस्थापन, आर्थिक व्यवस्था गर्न र प्रतियोगिता लगायतका कारणले ढिला हुन पुग्यो, यसै हप्ताबाट सुरु गर्ने तयारीमा रहेका छौं,’ चन्दले भने ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]