default_image

5 years ago

February 8, 2021

डेब्यू खेलमा दोहोरो शतक बनाउने ६ खेलाडी

135 views

0 Bookmark

एजेन्सी – वेस्टइन्डिजका मध्यक्रमका ब्याट्सम्यान काईल मेयर्सले बंगलादेशविरुद्ध पहिलो टेष्ट खेलमा आइतबार डेब्यू खेलमा दोहोरो शतकीय इनिङ खेल्दै टोलीलाई ३ विकेटको अविश्वसनिय जित दिलाए ।

जितको लागि ३ सय ९५ रनको विशाल लक्ष्य पछ्याएको वेस्टइन्डिजले अन्तिम दिन उत्कृष्ट प्रर्दशनका साथ ७ विकेट गुमाउँदै पूरा गर्यो । पहिलो इनिङमा १ सय ७१ रनले पछि परेको वेस्टइन्डिजले सबैलाई आश्चर्य पार्दै अन्तिम दिनको खेल सकिन १५ बल बाँकी रहँदा जित दर्ता गर्यो । मेयर्सले एक रन बटुल्दै वेस्टइन्डिजलाई एक अविस्मरणीय जित दिलाए ।

टेष्ट क्रिकेट इतिहासमा डेब्यूमा दोहोरो शतक प्रहार गर्ने मेयर्स समग्रमा छैटौं खेलाडी हुन् । सन् २००३ पछि टेष्टमा डेब्यू गर्ने खेलाडीले दोहोरो शतक पहिलो पटक गरेका हुन् । डेब्युमै चौथो इनिङमा दोहोरो शतक प्रहार गर्ने मेयर्स पहिलो खेलाडी बनेका छन् । डेब्यू खेलमा वेस्टइन्डिजबाट दोहोरो शतक प्रहार गर्ने मेयर्स दोस्रो खेलाडी हुन् ।

समग्रमा टेष्ट क्रिकेटमा डेब्यू गर्दै दोहोरो शतक प्रहार गर्ने ६ खेलाडी यस प्रकार छन् ।

१. टिप फोस्टर (इंग्ल्यान्ड) १९०३

टेष्ट क्रिकेट इतिहासमा डेब्यूमै दोहोरो शतक प्रहार गर्ने पहिलो खेलाडी इंग्ल्यान्डका मध्यक्रमका ब्याट्सम्यान टिप फोस्टर थिए । उनले अष्ट्रेलियाविरुद्ध सड्नी मैदानमा १९०३ को डिसेम्बरमा दोहोरो शतकीय इनिङ खेल्दै यस दुर्लभ कीर्तिमान कायम गरेका थिए । टिपले पहिलो इनिङमा चौथो नम्बरमा ब्याटिङ गर्दै ४ सय १९ बल खेल्दै ३७ चौका सहित २ सय ८७ रनको इनिङ खेलेका थिए । जुन डेब्यू खेलमा बनेको सर्वाधिक रन हो । उनी उक्त खेलमा क्याच आउट हुँदै तेहेहो शतक बनाउनबाट चुकेका थिए । इंग्ल्यान्ड ५ विकेटले विजयी भएको थियो ।

२. लरेन्स रोवे (वेस्टइन्डिज) १९७२

वेस्टइन्डिजका लरेन्स रोवेले १९७२ फेब्रुअरी न्युजिल्यान्डविरुद्ध डेब्यू गर्दै २ सय १४ रनको दोहोरो शतकीय इनिङ खेलेका थिए । उक्त पहिलो इनिङमा ४ सय २७ बलमा १९ चौका र १ छक्का प्रहार गरेका थिए । उक्त समय उनले तेस्रो नम्बरमा ब्याटिङ गरेका थिए । उक्त खेल बराबरीमा सकिएको थियो ।

३. ब्रेन्डन कुरुप्पु (श्रीलंका) १९८७

श्रीलंका ओपनर तथा विकेटकिपर ब्रेन्डन कुरुप्पुले घरेलु मैदान कोलोम्बोमा सन् १९८७ मा न्युजिल्यान्डविरुद्ध अप्रिलमा डेब्यु खेलमा २ सय १ रनको अविजित इनिङ खेलेका थिए । ५ सय ४८ बलमा २४ चौका प्रहार गरेका थिए । ब्रेन्डन डेब्युमा दोहोरो शतक प्रहार गर्ने पहिलो ओपनर र विकेटकिपर ब्याट्सम्यान बन्न पुगेका थिए । उक्त खेलमा श्रीलंकाले पहिलो इनिङमा ३९७/९ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । न्युजिल्यान्डले पहिलो इनिङमा ४०६/५ को अवस्थामा ब्याटिङ गर्दा खेल बराबरीमा सकिएको थियो ।

४. म्याथ्यु सिनक्लेयर (न्युजिल्यान्ड) १९९९

न्युजिल्यान्डका शीर्षक्रमका ब्याट्सम्यान म्याथ्यु सिनक्लेयरले १९९९ मा वेस्टइन्डिजविरुद्ध डिसेम्बरमा डेब्यू खेलमा तेस्रो नम्बरमा ब्याटिङ गर्दै ४ सय ४७ बलमा २२ चौका सहित २ सय १४ रनको इनिङ खेलेका थिए । उनको दोहोरो शतकको सहयोगमा न्युजिल्यान्डले ५१८/९ को अवस्थामा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । खेलमा न्युजिल्यान्ड १ सय ५ रनको इनिङ अन्तरले विजयी भएको थियो ।

५. ज्याक रुडोल्फ (दक्षिण अफ्रिका) २००३

दक्षिण अफ्रिका शीर्षक्रमका ब्याट्सम्यान ज्याक रुडोल्फले सन् २००३ मा बंगलादेशविरुद्ध पहिलो टेष्ट खेलमा डेब्यू गर्दै २ सय २२ रनको अविजित इनिङ खेलेका थिए । त्यसवेला दक्षिण अफ्रिकामा ग्रिम स्मिथ, मार्क बाउचर पउल एडम्स, हर्शल गिब्स जस्ता विश्व चर्चित ब्याट्सम्यन थिए । उनले ३ सय ८३ बलमा २९ चौका र २ छक्का सहित उक्त इनिङ खेलेका थिए ।

६. काइल मेयर्स (वेस्टइन्डिज) २०२१

वेस्टइन्डिजका तल्लोक्रमका ब्याट्सम्यान काइल मेयर्सले बंगलादेशविरुद्ध पहिलो टेष्टमा डेब्यू गर्दै यादगार इनिङ खेले । जितको लागि ३ सय ९५ रनको विशाल लक्ष्य पछ्याएको वेस्टइन्डिज ५९–३ को अवस्थामा पुगेको थियो । तर काइल मेयर्स ३ सय १० बलमा २० चौका र ७ छक्का सहित २ सय १० रनमा दोहोरो शतकीय इनिङ खेले । जुन डेब्यु खेलमा चौथो इनिङमा दोहोरो शतकीय इनिङ खेल्ने पहिलो खेलाडी मात्र बनेनन् वेस्टइन्डिजलाई एक अविश्मरणीय जित दिलाए ।

यो पनि : को हुन् काइल मेयर्स ?

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.