default_image

5 years ago

February 8, 2021

अनुजलाई सौराहा स्यान्ड्सको सहयोग

179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशका तीव्र गतिका बलर अनुज चनारालाई सौराह स्यान्ड्सले जुत्ता किन्नको लागि १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

यसै साता नेपाल क्रिकेट संघ (क्यान) ले ओमान भ्रमणको लागि बन्द प्रशिक्षणमा ३२ सदस्य टोलीलाई बोलाएको थियो । अनुज नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणमा पहिलो पटक परेका थिए । पहिलो पटक परेपछि आइतबार हाम्रो खेलकुद डटकमले उनको क्रिकेट यात्रालाई समेट्दै ‘साथीको जुत्ता र भान्जाको साथमा राष्ट्रिय टोलीको यात्रा’ शीर्षकमा समचार लेखेको थियो ।

जाजरकोटका १६ वर्षिय अनुजले आर्थिक अवस्था कमजोर हुँदा प्रधानमन्त्री कप क्रिकेटमा साथीको जुत्ता मागेर खेलेको कुरा समेट्दै समचार आएको थियो । उक्त समचार पढेपछि सौराह स्यान्ड्सले १५ हजार रुपैयाँ दिने जनाएको थियो ।

सोमबार सौराहका मुख्य प्रशिक्षक तथा बागमती प्रदेशका कोषाध्यक्ष अनिल अधिकारी र टोलीका बोर्ड सदस्य गणेश तिमिल्सिनाले टियु क्रिकेट मैदानमा बन्द प्रशिक्षमा अभ्यास गरि रहेका अनुजलाई भेटेर १५ हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । सौराह चितवन प्रिमियर लिग (सिपिएल) को एक फ्रेन्चाइज टोली हो । गत वर्ष चितवनको क्याम्पाचौरमा भएको फाइनलमा सौराह राप्ती र्यापिड्ससँग पराजित हुन पुगेको थियो । उक्त प्रतियोगितामा अनुज सौराहबाट खेल्दै राम्रो प्रर्दशन गरेका थिए ।

‘आइतबार अनुजको बारेमा हाम्रो खेलकुदमा समाचार आयो । त्यहाँ उनले जुत्ता किन्न नसकेको र साथीको मागेर खेलेको भन्ने थियो । म गतवर्ष सिपिएलमा सौराहको प्रमुख प्रशिक्षक पनि थिए । हाम्रो खेलाडी हुँदा अनुजलाई जुत्ता किन्न १५ हजार रुपैयाँ दिने प्रस्ताव राखें र टोलीका अन्य सदस्यहरुले पनि मान्नुभयो । त्यसैको लागि आज भेटेर दिएका हौं’, अनिल अधिकारीले हाम्रो खेलकुदसँग भने ।

‘आगामी दिनमा पनि हामीले अष्ट्रेलियाबाट आर्थिक सहयोग जुटाउँदै अनुजलाई सहयोग गर्ने सोचमा छौं । केहि दिनमा हुन्छ होला । जुत्ता किन्ने पैसा पाएपछि अनुज साह्रै खुसी थिए’, अधिकारीले भने ।

अनुजले पनि सौराहलाई धन्यवाद दिएका छन् । अनुज गत साता काठमाडौंमा सम्पन्न प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा कर्णालीबाट खेल्दै उत्कृष्ट प्रर्दशन गरेपछि पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका हुन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.