5 years ago
February 8, 2021
एजेन्सी – तीव्र गतिका बलर हसन अलीले उत्कृष्ट बलिङ गरेपछि पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध दुई टेष्ट खेलको सिरिजमा क्लिनस्विप गरेको छ ।

सोमबार घरेलु मैदानमा दोस्रो टेष्ट खेलमा दक्षिण अफ्रिकालाई पाकिस्तानले ९५ रनले पराजित गर्दै दुई टेष्ट खेलको सिरिजमा क्लिनस्विप गरेको हो । पाकिस्तानले दक्षिण अफ्रिकालाई सन् २००३ पछि पहिलो पटक टेष्ट सिरिजमा पराजित गरेको हो । जितको लागि ३ सय ७० रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ९१.४ ओभरमा २ सय ७४ रनमा अल आउट हुन पुग्यो ।
एक समय २४१–३ को बलियो अवस्थामा रहेपनि तल्लोक्रमका ब्याट्सम्यान चल्न नसक्दा दक्षिण अफ्रिका पराजित हुन पुगेको हो । ओपनर एडेन मारक्रमले २ सय ४३ बलमा १३ चौका र ३ छक्का सहित सर्वाधिक १ सय ८ रनको शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । ८२ औं ओभरमा ओभरको पहिलो बलमा हसन अलीले इमरान बुटबाट एडेनलाई क्याच आउट गराएपछि लगातार विकेट गुमाउन पुगेका थिए । टेम्बा बभुमा ६१, रास्सी भान डर दुसेन ४८ र वियान मुल्डर २० रनमा आउट भए । हसन अलीले ५ र शाहिन साह अफ्रिदी ४ रनमा आउट भए ।
पाकिस्तान दोस्रो इनिङमा २ सय ९८ रनमा अल आउट भएको थियो । जसक्रममा पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवान २ सय ४ बलमा १५ चौका सहित १ सय १५ रनमा अविजित रहे । रिजवानको यो करिअरको पहिलो टेष्ट शतक हो । नौमान अली ४५, यासिर शाह २३, फहिम अशराफले २९ र अजहर अली ३३ रनमा आउट भए । दक्षिण अफ्रिका जर्ज लिन्डेले सर्वाधिक ५ विकेट लिए । केशव ३ महाराज र कागिसो रबाडाले २ विकेट लिए ।
त्यसअघि दक्षिण अफ्रिका पहिलो इनिङमा २ सय १ रनमा अल आउट भएको थियो । एडेन मारक्रम ३२, टेम्बा बभुमा ४४, क्विन्टन डी कक २९ र वियान मुल्डरले ३३ रनको योगदान दिए । पाकिस्तानका हसन अलीले ५ विकेट लिएका थिए ।

त्यसअघि रावलपिन्डी क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ राजेको घरेलु टोली पाकिस्तान पहिलो इनिङमा २ सय ७२ रनमा अल आउट भएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले १ सय २७ बलमा १२ चौका सहित ७७ रनमा क्याच आउट भए । फहिम अशरफ १ सय ६० बलमा १२ चौका सहित ७८ रनमा अविजित रहे । फवाद आलम ४५, मोहम्मद रिजवान १८, इमरान बुट १५, यासिर साह, हसन अली र नौमान अलीले ८–८ रन जोडे ।
तेस्रो विकेटका लागि फवाद आलम र बाबर आजमले १ सय २३ रनको साझेदारी गरेका थिए । तर दोस्रो दिन सुरुवाती समयमै यी दुई ब्याट्सम्यान आउट भएपछि ठूलो योगफलमा पुग्न सकेन । दक्षिण अफ्रिका तीव्र गतिका एनरिच नोर्कियाले सर्वाधिक ५ विकेट लिए । स्पिनर केशव महाराजले ३ र वियन मुल्डरले एक विकेट लिए ।
पहिलो खेलमा पाकिस्तान ७ विकेटले विजयी भएको थियो । पाकिस्तान र दक्षिण अफ्रिकाबीच थप तीन टि२० आई सिरिज पनि हुने छ । पहिलो खेल ११ फेब्रुअरीमा सुरु हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]