5 years ago
February 9, 2021
एजेन्सी – इंग्ल्यान्डसँगको पहिलो टेष्ट खेलमा घरेलु टोली भारतले लज्जास्पद हार बेहोरेको छ । मंगलबार पहिलो टेष्टको पाँचौं दिन दोस्रो सेसनमा इंग्ल्यान्डले भारतलाई २ सय २७ रनको फराकिलो अन्तरले हराउँदै चार टेष्ट खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

जितको लागि ४ सय २० रनको विशाल विजयी लक्ष्य पछ्याएको भारत ५८.१ ओभरमा १ सय ९२ रनमा अल आउट भयो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ७२ रनको योगदान दिए । बेन स्टोक्सले बोल्ड आउट गर्नुअघि विराटले १ सय ४ बलमा ९ चौका प्रहार गरे । युवा ओपनर सुभमन गिलले ८३ बलमा ७ चौका र १ छक्का सहित ५० रनको योगदान दिए । अन्य ब्याट्सम्यानले भने सम्झन योग्य प्रर्दशन गर्न सकेनन् ।
पाँचौं दिन पहिलो सेसनमै भारतले शीर्षक्रमका पाँच ब्याट्सम्यानलाई गुमाएपछि हारनजिक पुगेको थियो । चेतेश्वर पुजारालाई स्पिनर ज्याक लेचले पाँचौं दिनको सुरुवातमै स्टोक्सबाट १५ रनमा क्याच गराउँदै पेभिलिएन फर्काए । २७ ओभरमा जेम्स एन्डरसनले गिललाई बोल्ड आउट गरे । गिल आउट भएको तीन बलपछि अजिक्या रहाणेलाई एन्डरसनले शून्यमै बोल्ड आउट गरेपछि भारत संकटमा परेको थियो ।
डोमिनिक बेसले वासिन्टन सुन्दरलाई विकेटकिपर जस बटलरबाट शून्यमा क्याच आउट गराए । ३३ औं ओभरमा एन्डरसनले ऋषभ पन्तलाई ११ रनमा कप्तान जो रुटबाट क्याच आउट गराएपछि इंग्ल्यान्ड जित नजिक पुगेको हो । रविचन्द्रन आश्विन ९ र शहबाज नदिम शून्यमा आउट भए ।
इंग्ल्यान्डका स्पिनर ज्याक लेचले सर्वाधिक ४ विकेट लिए । जेम्स एन्डरसनले ३, डोमिनिक बेस, जोफ्रा आर्चर र बेन स्टोक्सले १–१ विकेट लिए ।

त्यसअघि चौथो दिन सोमबार पहिलो इनिङमा २ सय ४१ रनको विशाल अग्रता लिएको इंग्ल्यान्ड दोस्रो इनिङ १ सय ७८ रनमा अल आउट हुँदै विशाल लक्ष्य दिएको थियो । कप्तान जो रुटले ३२ बलमा ७ चौका सहित सर्वाधिक ४० रनको योगदान दिए । ओली पोप २८, जस बटलर २४, डोमिनिक बेस २५ र ड्यान लरेन्स १८ रनको योगदान दिए । भारतका स्पिनर रविचन्द्रन आश्विनले १७।३ ओभरमा २ मेडन सहित ६१ रन खर्चेर ६ विकेट लिए । शहबाज नदिमको नाममा २ विकेट रह्यो ।
पहिलो इनिङङ भारत ३ सय ३७ रनमा अल आउट भयो । भारतका स्पिनर वासिन्टन सुन्दर १ सय ३८ बलमा १२ चौका र २ छक्का सहित ८५ रनमा अविजित रहे । विकेटकिपर ऋषभ पन्तले ८८ बलमा ९ चौका र ५ छक्का सहित सर्वाधिक ९१ रन बनाउँदै आउट भए ।
स्पिनर डोमिनिक बेसको बलमा ज्याक लेचबाट क्याच आउट भएपछि पन्त शतक बनाउन चुकेका थिए । चेतेश्वर पुजारा १ सय ४३ बलमा ११ चौका सहित ७३ रोरी बन्र्सबाट बेसको बलमा क्याच समातिन पुगे । पाँचौं विकेटका लागि पन्त र पुजाराले १ सय १९ रनको शतकीय साझेदारी गरेका थिए ।

चौथो ओभरमै तीव्र गतिका बलर जोफ्रा आर्चरले ओपनर रोहित शर्मालाई विकेटकिपर जस बटलरबाट ६ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । दशौं ओभरमा आर्चरले सुभमन गिललाई जेम्श एन्डरसनबाट २९ रनमा क्याच गराएपछि अष्ट्रेलियाले उत्कृष्ट सुरुवात गरेको थियो । गिलले २८ बलमा ५ चौका प्रहार गरे । त्यसपछि स्पिनर बेसले भारतको इनिङ धरासयी बनाए ।
बेसले कप्तान विराट कोहलीलाई ओली पोपबाट ११ रनमा क्याच गराउँदै भारतलाई ७१–३ को कमजोर अवस्थामा पुर्याए । कोहलीको प्रमुख विकेट लिएका बेसले उपकप्तान अजिक्या रहाणेलाई कप्तान जो रुटबाट एक रनमा क्याच गराउँदै पेभिलिएन फर्काएका थिए । रविचन्द्रन आश्विन ३१ रनमा आउट भए । इंग्ल्यान्डका स्पिनर डोमिनिसक बेसले सर्वाधिक ४ विकेट लिए । जोफ्रा आर्चर, एम्स एन्डरसन र ज्याक लेचले २(२ विकेट लिए ।
त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्ड तेस्रो दिनको ५ सय ७८ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका कप्तान जो रुट ३ सय ७७ बलमा १९ चौका र २ छक्का सहित २ सय १८ रनमा आउट भए ।
रुटलाई शहबाज नदिमले एलबिडब्लू आउट गरेका थिए । रुट १०० औं टेष्ट ब्यक्तिगत खेलमा दोहोरो शतक बनाउने टेष्ट क्रिकेट इतिहासकै पहिलो खेलाडी बनेका छन् । रुटले यस सफलता १४२।३ औं ओभरमा स्पिनर रविचन्द्रन आश्विनलाई लङअङमा छक्का प्रहार गर्दै रचेका थिए । रुटको यो टेष्ट करिअरको पाँचौं दोहोरो शतक हो ।
पहिलो दिन पूर्ण रुपमा हाबी बनेको इंग्ल्यान्डले दोस्रो दिन पनि त्यसलाई निरन्तरता दिँदै विशाल योगफल तयार पारेको हो । रुटका सामू दोस्रो दिन पनि भारतीय बलर निरिह देखिए । रुट दोस्रो दिन अन्तिम सेसनमा आउट हुन पुगेका थिए ।
रुटले पहिलो दिननै शतक प्रहार गरेका थिए । लगातार तीन शतक प्रहार गरेका रुटको नाममा पहिलो दिनमै नयाँइतिहास बनेको थियो । रुट ९८, ९९ र १०० औं टेष्ट खेलमा लगातार शतक प्रहार गर्ने एकमात्र खेलाडी हुन् । दोस्रो दिन चौथो विकेटका लागि रुटले बेन स्टोक्ससँग १ सय २४ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

स्टोक्स स्पिनर शहबाज नदिमको बलमा चेतेश्वर पुजाराबाट ८२ रनमा क्याच आउट हुन पुगेका थिए । स्टोक्सले १ सय १८ बलमा १० चौका र ३ छक्का प्रहार गरे । दोस्रो दिन पहिलो सेसनमा विकेट नगुमाई उत्कृष्ट साझेदारी गरेपछि भारतीय बलर दबाबमा परेका थिए । ओली पोप ३४ र विकेटकिपर जस बटलर ३० रनमा आउट भए । जोफ्रा आर्चर शून्यमा आउट भए ।
पहिलो दिन तेस्रो विकेटका लागि रुट र ओपनर डोमिनिक सिब्लेले ३ सय ९० बलमा २ सय रनको उत्कृष्ट दोहोरो शतकीय साझेदारी गरेपछि भारत पहिलो दिन निरिह बनेको थियो । सिब्ले भने पहिलो दिनको अन्तिम ओभरमा जस्प्रित बुमराहको बलमा एलबिडब्लू धराप परेका थिए । ओपनर सिब्ले २ सय ८६ बलमा १२ चौका सहित ८७ रनमा आउट भए ।
रुटले १ सय ६४ बलमा १२ चौका सहित आफ्नो टेष्ट करिअरको २० औं शतक पूरा गरेका थिए । यसअघि रुटले जनवरीमा श्रीलंकाविरुद्ध पहिलो टेष्टमा २ सय २८ तथा दोस्रो खेलमा १ सय ८६ रनको इनिङ खेलेका थिए । इंग्ल्यान्डलाई ओपनर रोरी बर्न्स र डोमिनिक सिब्लेले ६३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
स्पिनर रविचन्द्रन आश्विनले २४ औं ओभरमा रोरीलाई विकेटकिपर ऋभष पन्तबाट ३३ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । रोरीले ६० बलमा २ चौका प्रहार गरे । ड्यान लरेन्सलाई जस्प्रित बुमराहले शून्यमै एलबिडब्लू आउट गरेका थिए । स्पिनर डोमिनिक बेस ३४ र ज्याक लेच १४ रनको योगदान दिए । भारतका जस्प्रित बुमराह र रविचन्द्रन आश्विनले ३(३ विकेट लिए । शहबाज नदिम र ईशान्त शर्माले २(२ विकेट लिए ।
दोस्रो टेष्ट १३ फेब्रुअरीमा चेन्नईमा सुरु हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]