5 years ago
February 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशका तीव्र गतिका बलर अनुज चनाराले नयाँ जुत्ता पाएका छन् । यसै साता नेपाल क्रिकेट संघ (क्यान) ले ओमान भ्रमणको लागि बन्द प्रशिक्षणमा ३२ सदस्य टोलीलाई बोलाएको थियो ।

अनुज नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणमा पहिलो पटक परेका थिए । आइतबार हाम्रो खेलकुद डटकमले उनको क्रिकेट यात्रालाई समेट्दै ‘साथीको जुत्ता र भान्जाको साथमा राष्ट्रिय टोलीको यात्रा’ शीर्षकमा समचार लेखेको थियो ।
जाजरकोटका १६ वर्षिय अनुजले आर्थिक अवस्था कमजोर हुँदा प्रधानमन्त्री कपमा साथीको जुत्ता मागेर खेलेको कुरा समेट्दै समचार आएको थियो । बन्द प्रशिक्षणमा आउँदा उनको साथीको खेल परेपछि उक्त जुत्ता साथीले नै लगाएको र उनी एक वर्षअघि किनेको सामान्य जुत्ता लगाएर आएका थिए ।
उक्त सामचार पढेपछि उनलाई नेपाली क्रिकेटका सक्रिय समर्थक (फ्यान) मिलेर मंगलबार १८ हजार नेपाली रुपैयाँ बराबरको जुत्ता हस्तान्तरण गरेका छन् । नेपाली क्रिकेटका युवा अभियन्ता तथा सक्रिय समर्थक तारा पाठक, विनोद जि.सी, गोविन्द भुषाल, प्रतीक उपाध्याय, जय लामिछाने र कृष्ण खनाल मिलेर अनुजलाई रु १८ हजार बराबरको जुत्ता मंगलबार टियु क्रिकेट मैदानमा हस्तान्तरण गरेका थिए । नयाँ जुत्ता पाएसँगै उनले उत्साहित र खुसी हुँदै सबैलाई धन्यावाद दिएका छन् ।
उनीहरुले नेपाल क्रिकेट संघ (क्यान) का मिडिया संयोजक भानु सिग्देल मार्फत अनुजलाई जुत्ता हस्तान्तरण गरेका थिए । सोमबार अनुजलाई जुत्ता किन्न सौराह स्यान्ड्सले १५ हजार रुपैयाँ हस्तान्तरण गरेको थियो ।

त्यस्तै अनुजलाई बागलुङ नगरपालिका वडा नम्बर ८ का वासिन्दा तथा अधिबक्ता रमेश बहादुर खड्काले ७ हजार र कमल सुनचाँदी पसल पोखरा, बेनी र म्याग्दीका प्रमुख कमल विश्वकर्माले पनि ५ हजार सहयोग गरेका छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]