default_image

5 years ago

February 11, 2021

नेपाली क्रिकेटर कनिष्क अमेरिकाको प्रशिक्षण क्याम्पमा

204 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका ३५ वर्षीय क्रिकेटर कनिष्क चौगाईं अमेरिका क्रिकेटको क्षेत्रिय बन्द प्रशिक्षणमा बोलाइएका छन् ।

तस्बिर सौजन्य : देवेन्द्र सुवेदी

अमेरिकाले सोमबार आफ्नो उमेर र सिनियर टोलीको सबै क्षेत्रबाट प्रशिक्षणमा सहभागी हुने नाम सार्वजनिक गर्दै खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । जसमा कनिष्क वेस्ट क्षेत्रको टोलीमा छन् । वेस्ट टोलीमा अमेरिका कप्तान समेत सौरभ नेत्रवाल्कर, तिमिल पटेल, निसर्ग पटेल, दक्षिण अफ्रिका पूर्व क्रिकेटर रस्टि थेरन लगायतका चर्चित खेलाडी छन् ।

अञ्चल छनोट समिति र अमेरिका क्रिकेट कोचिङ स्टाफले नियमित अभ्यासको निरिक्षण गर्ने छन् । जसमा छनोट समितिले खेलाडी थप्न र हटाउन सक्नेछ । जुन प्रर्दशन, क्षमता, फिटनेस लगायत कुरामा निर्भर रहने अमेरिकाले जनाएको छ । यस क्षेत्रिय प्रशिक्षणमा राम्रो गर्ने खेलाडीले अमेरिका क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बाटो खुल्ने छ ।

यसले अमेरिका क्रिकेटमा ठूलो विकास पुर्याउने आशा गरिएको छ । अमेरिकाले देशभरबाट १२ क्षेत्रिय टोली बनाएको छ । जसमा अमेरिका २ सय ७५ खेलाडीले आफ्नो क्षेत्रबाट प्रतिस्पर्धा गर्ने छन् । ओमानमा मार्चमा नेपाल र अमेरिकाबीच हुने भनिएको त्रिकोणात्मक सिरिज स्थगित हुने भएपछि सिनियर टोलीको बन्द प्रशिक्षणमा बोलाउने ४४ खेलाडी पनि आफ्नो क्षेत्रबाट खेल्ने अमेरिका क्रिकेटले जनाएको छ । कनिस्कले खेल्ने वेस्टको टोलीमा अमेरिका कप्तान सौरभ लगायत थुप्रै सिनियर खेलाडी छन् ।

कनिष्कले सन् २००८ सम्म नेपालबाट खेलेका थिए । उनी ओपनरको भूमिकामा खेल्ने गर्दथे । मध्यगतिमा बलिङ गर्ने गर्दथे । ३५ वर्षिय उनले नेपालबाट यू१७ हुँदै तीन विश्वकप यू१९ र सिनियर टोलीबाट खेलेका थिए । उमेर समूहमा ठूलो सम्भावना बोका खेलाडी उनले देशमा भविष्य नदेखेपछि अमेरिका गएका थिए । आइसिसी यू१७ एसिया कप पाकिस्तानमा सन् २००० मा खेलेका थिए ।

त्यसैवर्ष बंगलादेशमा एसिसी यू१७ एसिया कप खेलेका थिए । सन् २००२ मा नेपालले यू१९ विश्वकपमा न्युजिल्यान्डमा उत्कृष्ट प्रर्दशन गर्दा कनिष्क टोलीमा थिए । सन् २००४ मा पनि कनिस्कले यू१९ विश्वकप नेपालबाट खेले । सन् २००४ मै कनिष्कले नेपालबाट एसिसी फास्ट ट्रयाक प्रतियोगितामा हङकङविरुद्ध सिनियर टोलीमा डेब्यू गरेका थिए ।

कनिष्कले सन् २००६ मा नेपाली यू१९ टोलीको विश्वकपमा कप्तानी गर्दै प्लेट फाइनल च्याम्पियन बनाएका थिए । उक्त विश्वकपको फाइनलमा नेपालले न्युजिल्यान्डलाई एक विकेटले हराएको थियो । श्रीलंका भएको उक्त विश्वकपमा नेपालबाट कनिस्कले कप्तानी गर्दा वर्तमान टोलीका वसन्त रेग्मी, शरद भेषाकर, ज्ञानेन्द्र मल्ल र पारस खड्का टोलीमा थिए ।

त्यसअघि नेपालले दक्षिण अफ्रिकालाई प्लेट सेमिफाइनलमा हराउँदा कनिष्क टोलीको हिरो बन्दै म्यान अफ द म्याच चुनिएका थिए । ओपनर तथा कप्तान उनको ५९ रनको सहयोगमा नेपालले २ रनले हराउँदा फाइनलमा पुगेको थियो । उनले नेपालबाट अन्तिम खेल सन् २००८ मा अफगानिस्तानसँग खेलेका थिए । उक्त खेलमा उनले ४३ रन जोडेका थिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.