5 years ago
February 11, 2021
एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा विश्व क्रिकेटमा सर्वोत्कृष्ट ब्याट्सम्यान सचिन तेन्दुलकरका छोरा अर्जुनले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ खेल्ने सम्भावना छ ।

सचिनका छोरा अर्जुन तेन्दुलकरले आगमी फेब्रुअरी १८ मा चेन्नईमा हुने अक्सनको लागि आफ्नो नाम न्यूनतम मूल्य ३२ लाख नेपाली रुपैयाँमा दर्ता गराएका छन् । २१ वर्षिय बायाँ हाते तीव्र गतिका बलर अर्जुनले भारतको उमेर समूह र घरेलु क्रिकेट खेलि सकेका छन् ।
अर्जुनले गत जनवरीमा मुम्बईबाट हरियाणविरुद्ध भारतको चर्चित टि२० प्रतियोगिता शैद मुश्ताक अली ट्रफिमा डेब्यू गरेका थिए । उक्त खेलमा उनले ३ ओभरमा ३४ रन खर्चेर १ विकेट लिएका थिए । भारतबाट यू१९ खेलि सकेका अर्जुनलाई अक्सनमा विक्न सक्ने उच्च सम्भावना बोकेका युवा खेलाडी हुन् । तीव्र गतिका बलर आइपिएलमा सबै फ्रेन्चाइज टोलीलाई आवश्यक देखिन्छ ।
अर्जुनलाई मुम्बई इन्डियन्सले भित्र्याउन सक्ने उच्च सम्भावना छ । मुम्बई तीव्र गतिका बलरको टोलीमा रुपमा चिनिन्छ । टोलीमा जस्प्रित बुमराह र ट्रेन्ट बोल्ट छन् । श्रीलंका लासिथ मलिङ्गा, नाथन कुल्टर नाइल र जेम्स प्याटिनसनलाई फुकुवा गरेको छ । जसमा मुम्बईले अर्जुनलाई किन्न सक्छ । अर्कोतर्फ सचिनले मुम्बईबाटै आइपिएल खेल्ने गर्दथें । सचिन मुम्बईको कोचिङ स्टाफमा रहँदै काम गरि सकेका छन् । मुम्बई अर्जुनलाई न्यूनतम मूल्यमा किन्दै आगमी वर्षको लागि तयार पार्न पनि सक्छ । त्यसैले घरेलु टोलीमै मुम्बईले राख्न सक्छ ।
मुम्बईपछि अर्जुनलाई राजस्थान रोयल्सले अनुबन्ध गर्न सक्छ । गतवर्ष जोफ्रा आर्चर बाहेक अन्य कुनैपनि तीव्र गतिका बलरको प्रर्दशन राजस्थानमा राम्रो थिएन । कार्तिक त्यागीलाई आर्चरको जोडीको रुपमा खेलाएको थियो । यस पटक राजस्थानले अर्जुनलाई समेट्न सक्छ ।
राजस्थानपछि दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोर पनि अर्जुनलाई अनुबन्ध गर्न प्रयास गर्ने छन् । गतवर्ष दिल्लीमा दक्षिण अफ्रिका तीव्र गतिका बलर कागिसो रबाडा र एनरिच नोर्कियाले उत्कृष्ट प्रर्दशन गर्दा भारतीय बलरबाट साथ पाउन सकेन । त्यसैले दिल्लीले अक्नसमा भारतीय तीव्र गतिका बलरलाई प्राथमिकतामा राख्ने छ । अर्जुनलाई मौका दिन सक्छ ।
विराट कोहली कप्तान रहेको रोयल च्यालेन्जर्स बेंगलोर पनि अर्जुनलाई अनुबन्ध गर्न प्रयास गर्ने गर्दछ । बेंगलोरको लगातार तीव्र गतिको बलिङ कमजोर बन्दै आएको छ । जसले गर्दा अर्जुन त्यसको विकल्पमा हुन सक्छन् । किंग्स इलेभेन पन्जाब र कोलकाता नाइट राइडर्समा पनि अर्जुनको सम्भावना देखिन्छ
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]