5 years ago
February 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राइजिङ क्रिकेट फर वुमन (आरसिडब्लू) भारतको नोयडामा जारी राइजिङ स्टारलेट्स गर्ल्स क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

बिहीबार आरसिडब्लूले मेरठलाई १५ रनले हराउँदै आरसिडब्लू समूह ‘बी’ को उप विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । पहिला ब्याटिङ गरेको आरसिडब्लू १९ ओभरमा ५९ रनमा अल आउट भएको थियो । आरसिडब्लूकी सम्झना खड्का २० रनमा अविजित रहँदा रुवि पोद्दर १५ र एनिसा मजाकोटी १० रनमा आउट भए । मेरठकी भुमि चौहान, ज्योती बलियान र खुसी शर्माले ३-३ विकेट लिए ।
६० रनको विजयी लक्ष्य पछ्याएको मेरठ ४४ रनमा अल आउट भएको थियो । आरसिडब्लूकी लक्ष्मी साउद ७.४ ओभरमा १ मेडन सहित १९ रन खर्चेर ६ विकेट लिइन् । कृतिका मरासिनीले ३ र कृष्मा गुरुङले एक विकेट लिए ।
समू बी मा मेरथ, दिल्ली र आरसिडब्लू थिए । समूह बी बाट मेरठ विजेता र आरसिडब्लू उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका छन् । आरसिडब्लूले फाइनल प्रवेशका लागि शुक्रबार एनसिआर वुमन्स क्लबसँग खेल्ने छ । फाइनल आइतबार हुनेछ ।
आरसिडब्लू राजस्थानसँग पराजित भएको थियो भने दिल्लीलाई हराएको थियो । भारतीय टोलीमा स्टेट लेभल खेलेका खेलाडी पनि छन् । आरसिडब्लूको कप्तानी नेपाली राष्ट्रिय क्रिकेट टोलीको सदस्य रहिसकेकी सदस्य आरति बिडारीले गरेकी छिन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]