default_image

5 years ago

February 11, 2021

योगेन्द्र चम्कँदा मुनस्टोन फाइनलमा

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर योगेन्द्र सिंह कार्कीको उत्कृष्ट ब्याटिङसँगै मुनस्टोन क्रिकेट क्लव १७ औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७ मा लगातार दोस्रो जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।

धुर्मुस–सुन्तली फाउण्डेशनको सहयोगमा जनस्तरबाट चितवनको रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा विहीबार भएको खेलमा चितवन क्रिकेट क्लवलाई ७८ रनले पराजित गर्दै मुनस्टोन एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुनस्टोनले निर्धारित ४९ ओभरमा ७ विकेटको क्षतिमा २ सय ६३ रन बनाएको थियो । मुनस्टोनका युवा अलराउन्डर योगेन्द्र सिंह कार्कीले ६० बलमा ९३ रनको योगदान दिए । मनिस अधिकारीले ४८ बलमा ३९ र हरिबहादुर चौहानले ४४ बलमा ३३ रन बनाए । चितवन क्रिकेट क्लवका लागि राशिद खानले १० ओभरमा एक मेडनसहित ४४ रन खर्चेर ३ विकेट लिए ।

जितको लागि २ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको चितवन क्रिकेट क्लव ४४.२ ओभरमा १ सय ८५ रनमा अल आउट भयो । केशवजंगले ४२ बलमा ४४, राशिद खानले ४९ बलमा ३५ रनको योगदान दिए । अन्य ब्याट्म्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

मुनस्टोनका कमल थापाले १० ओभरमा ४१ रन खर्चिदै ३ र विज्ञान गौतमले १० ओभरमा २ मेडनसहित २३ रन खर्चिदै २ विकेट लिए । योगेन्द्र सिंह कार्की म्यान अफ द म्याच चुनिए । समूह ‘ए’ मा रहेको मुनस्टोनले लिगको पहिलो खेलमा बेलचोक क्रिकेट क्लवलाई ९ विकेटले पराजित गरेको थियो । उपाधिका लागि मुनस्टोनले समूह ‘बी’ को विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

चितवन क्रिकेट संघको आयोजनामा जारी १७ औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७’ फागुन ३ गतेसम्म चल्ने छ । प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाउने छ । यस्तै म्यान अफ दि म्याच, म्यान अफ दि सिरिज, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान पुरस्कार पाउने छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.