default_image

5 years ago

February 11, 2021

आइपिएल अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख

164 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को फेब्रुअरी १८ मा हुने अक्सनमा नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आफ्नो मूल्य न्युनतम ४० लाख भारतीय रुपैयाँ तोकेका छन् ।

इन्डियन प्रिमियर लिग(आइपिएल) ले अक्सनमा सहभागी हुने सबै खेलाडीको न्यूनतम मूल्य सार्वजनिक गरेको छ । जसमा सन्दीपले आफ्नो मूल्य ४० लाख रुपैयाँ राखेका छन् । अक्सनमा कुल २ सय ९२ खेलाडी जाने भएका छन् । यसअघि सुरुवाती समय अक्सनमा कुल १ हजार ९७ खेलाडीले नाम दर्ता गराएका थिए ।

नेपालका ८ खेलाडीले नाम दर्ता गराएका थिए । सन्दीपबाहेक ७ मा सात जना अन्तिम अक्सन लिष्टबाट हटाइएका छन् । दीपेन्द्रसिंह ऐरी, विकेटकिपर विनोद भण्डारी, अलराउन्डर करण केसी, सोमपाल कामी, कुशल मल्ल, ब्याट्सम्यान शरद भेषावकर र अभिनास बोहराको नाम अक्सन लिस्टमा भने अटाएको छैन ।

यसअघिका तीन संस्करण सन्दीपले दिल्ली क्यापिटल्सबाट खेलेका थिए । तर सन् २०२० मा पुरै खेलमा बेन्चमा राखेको दिल्लीले सन्दीपलाई तीन वर्षे सम्झौता अनुसार फुकुवा गरेको थियो । सन्दीपले दिल्लीबाट तीन सिजन विताउँदै कुल ९ खेलमा १३ विकेट लिए ।

सन् २०१८ मा ३ खेलमा ५ र २०१९ मा ६ खेलमा ८ विकेट लिएका थिए । सन्दीपलाई दिल्लीले सन् २०१८ मा न्युनतम मूल्य ३२ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.