default_image

5 years ago

February 12, 2021

अनिलको शानदार शतक

191 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा विकेटकिपर ब्याट्सम्यान अनिल शाहको शानदार शतकको सहयोगमा चितवनको भरतपुरमा जारी १७ औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७ मा चितवन क्रिकेट क्लवले सान्त्वना जित हात पारेको छ ।

चितवन क्रिकेट क्लवले अनिलको शतकमा शुक्रबार बेलचोक क्रिकेट कलवलाई २ सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।धुर्मुस–सुन्तली फाउण्डेशनको सहयोगमा जनस्तरबाट रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा चितवन क्रिकेट क्लवले दिएको ३ सय ५२ रनको विशाल लक्ष्य पछ्याएको बेलचोक २७.२ ओभरमा १ सय ११ रनमा अलआउट भयो ।

बेलचोकका लागि राजकुमार शाहले २० र अविनाशले १८ रन बनाए । अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । चितवन क्रिकेट क्लवका लागि आशिष लम्सालले १० ओभरमा ४७ रन खर्चिदै ४ विकेट लिए । राशिद खान र सुजन भट्टले २–२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको चितवन क्रिकेट क्लवले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५१ रन बनाएको थियो । जारी प्रतियोगितामा यो सर्वाधिक रन हो । विकेटकिपर अनिल शाहले १ सय ३ बलमा १ सय ५४ रनको उत्कृष्ट शतकीय इनिङ खेले । खिम मल्लले ५३ र अशोक पौडेलले ४१ रनको योगदान दिए ।

बेलचोकका लागि गौतम केसीले ३ र जेनिस महतले २ विकेट लिए । अनिल शाह म्यान अफदि म्याच घोषित भए । प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाउने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.