default_image

9 years ago

October 3, 2016

पन्चकन्या तेजलाई ईपीएलको उपाधि

181 views

0 Bookmark

आज त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा भएको ईपीएलको फाइनलमा कलर्स एक्स फ्याटर्सलाई पराजित गर्दै तेजले उपाधी जितेको छ । तेजका लागि १६ बर्षे आशिफ शेखले शतकिय पारी खेल्दै म्यान अफ द म्यात्च घोषित भएका थिए ।

panchakanya-tez

पहिलो ब्याटिङ गरेको तेजको लागि ओपनिङमा गएका कप्तान शरद ले खाता खोल्न नसकेपनी अर्का ओपनर आसिफले उत्कृष्ट प्रदर्शन गरे, उनले ६४ बल मा १११ रन को पारी खेले भने उनका दाई को ब्याटबाट २३ रनको योगदान भएको थियो । २० ओभरमा चार विकेट गुमाउदै १७१ रन बनाएको तेजका लागि अन्य ब्याट्सम्यान करणले ५, पृथुले ८ र सोनुले १२ रन बनाएका थिए ।

१७२रन को लक्ष्य लिएर उत्रीएको एक्स फ्याक्टर्सका लागि ओपनिङ आएका फैजल खाता नखोली आउट भए र अर्का ओपनर हरीपनी १४रन बनाउदै पेभोलियन फर्किएका थिए । ४० रनले पराजित भएको एक्स फ्याटर्सका लागि कप्तान ज्ञानेन्द्रले ४७ र राजेश पुलामीले ३७रन को योगदान दिएका थिए । १७.३ ओभरमा कलर्सलाई समेट्दा तेजका करणले ३, शरद र सुनिल ले २ विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्यात्च अशिफ शेख भए भने प्रतियोगिताको उत्कृष्ट खेलाडी सोमपाल कामी भएका थिए । टिबी शाह इमर्जिङ प्लेएर आशिफ शेख चुनिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.