default_image

5 years ago

February 15, 2021

भारत बलियो स्थितिमा

120 views

0 Bookmark

एजेन्सी – भारतसँगको दोस्रो टेष्ट खेलमा जितको लागि विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड तेस्रो दिनको समाप्तिमा खराब अवस्थामा छ । जितका लागि ४ सय ८२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ ओभरमा ५३–३ को कमजोर अवस्थामा छ ।

इंग्ल्यान्डका कप्तान जो रुट २ र ड्यान लरेन्स १९ रनमा अविजित छन् । इंग्ल्यान्डले जितको लागि बाँकी दुई दिनमा ४ सय २९ रन बनाउनु पर्ने हुन्छ । ओपनर रोरी बन्र्स ४२ बलमा ४ चौका सहित २५ रनमा आउट भए । डोम सिब्ले ३ र ज्याक लेच गोल्डेन डक आउट हुन पुगे ।

पहिलो इनिङमा १ सय ९५ रनको अग्रता लिएको भारत दोस्रो इनिङमा २ सय ८६ रनमा अल आउट हुँदै विशाल लक्ष्य दिएको थियो । भारतलाई विशाल योगफलमा पुर्याउन तल्लोक्रममा स्पिनर रविचन्द्रन आश्विनले १ सय ४८ बलमा १४ चौका र १ छक्का सहित १ सय ६ रनको शतकीय इनिङ खेले । आश्विनको यो करिअरको पाँचौं शतक हो ।

कप्तान विराट कोहली १ सय ४९ बलमा ७ चौका सहित ६२ रनमा आउट भए । अन्य ब्याट्सम्यानले भने राम्रो प्रर्दशन गर्न सकेनन् । ओपनर रोहित शर्मा २६, सुभमन गिल १४, रहाणे १०, ऋषभ पन्त ८, चेतेश्वर पुजारा ७ रनमा आउट हुँदा मोहम्मद शिराज १६ रनमा अविजित रहे । इंग्ल्यान्डका स्पिनरद्धय ज्याक लेच र मोईन अलीले ४–४ विकेट लिए । तीव्र गतिका बलर ओली स्टोनको नाममा १ विकेट रह्यो ।

पहिलो इनिङमा इंग्ल्यान्ड ५९.५ ओभरमा १ सय ३४ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका विकेटकिपर बेन फोक्स १ सय ७ बलमा ४ चौका सहित ४२ रनमा अविजित रहे । डोम सिब्ले १६, बेन स्टोक्स १८ र ओली पोप २२ रनमा आउट भए । भारतका रविचन्द्रन आश्विनले सर्वाधिक ५ विकेट लिए । अक्षर पेटल र ईशान्त शर्माले २–२ विकेट लिए ।

त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको भारत पहिलो इनिङमा ३ सय २९ रनमा अल आउट भएको थियो । भारतका ओपनर रोहित शर्माले २ सय ३१ बलमा १८ चौका र २ छक्का सहित सर्वाधिक १ सय ६१ रनको योगदान दिए । रोहितको यो करिअरको ७ औं टेष्ट शतक हो । ऋषभ पन्त ७७ बलमा ७ चौका र ३ छक्का सहित ५८ रनमा अविजित रहे ।

अजिक्या रहाणे १ सय ४९ बलमा ९ चौका सहित ६७ रनमा आउट भए । कप्तान विराट कोहली शून्यमा आउट भएका थिए । इंग्ल्यान्डका मोईन अलीले ४, ओली स्टोनले ३ र ज्याक लेचले २ विकेट लिए ।

पहिलो टेष्टमा इंग्ल्यान्ड २ सय २७ रनले विजयी हुँदै चार टेष्ट सिरिजमा १–० को अग्रता लिएको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.