default_image

5 years ago

February 17, 2021

आइपिएल अक्सन : जो फुकुवा भएपनि महँगोमा बिक्छन्

163 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ अक्सन बिहिबार चेन्नईमा हुँदै छ । अक्सनमा कुल २ सय ९२ खेलाडी सहभागी हुनेछन् ।

टोलीमा कम आवश्यक, मूल्य बढी वा आफूसँग भएको भन्दा अझ उत्कृष्ट खेलाडी अनुबन्ध गर्न खेलाडीलाई फुकुवा गर्ने गरिन्छ । एक टोलीलाई कम आवश्यक खेलाडी अर्को टोलीलाई धेरै महत्वपूर्ण हुनसक्छ । आइपिएल अक्सन अघि सबै फ्रेन्चाइज टोलीले खेलाडी फुकुवा र अनुबन्ध (रिटेन) गरि सकेका छन् ।

फुकुवा हुनु अक्सनमा केहि खेलाडीलाई फाइदा हुन सक्छ । उत्कृष्ट क्षमता भएका तर न्यून मूल्य र कम खेल्न पाएका खेलाडी फुकुवा हुँदै अक्सनमा जाँदा मालामल बन्न सक्छन् । यसै सिजन फुकुवा भएका यी ६ खेलाडीलाई आइपिएल २०२१ मालामल हुन सक्छ ।

६. किमो पउल (वेस्टइन्डिज)

वेस्टइन्डिजका २२ वर्षिय अलराउन्डर किमो पउललाई दिल्ली क्यापिटल्सले फुकुवा गरेको थियो । सन् २०२० मा दिल्लीको पुरै बेन्चमा बसेका पउल तल्लोक्रममा ठूला सट र तीव्र गतिमा बलिङ गर्ने गर्दछन् । दिल्लीले २०१९ को अक्सनमा पउललाई न्यूनतम मूल्य ५० लाख रुपैयाँमा अनुबन्ध गरेको थियो ।

यस पटकको अक्सनमा पउलले आफ्नो न्यूनतम मूल्य ७५ लाख रुपैयाँ भारतीय तोकेका छन् । पललाई रोयल च्यालेन्जर्स बेंगलोर र किंग्स इलेभेन पञ्जावले अनुबन्ध गर्न सक्ने सम्भावना छ । जसले गर्दा उनको लागि फुकुवा हुनु फाइदा बन्न सक्छ ।

५. क्रिस ग्रिन (अष्ट्रेलिया)

अष्ट्रेलिया २७ वर्षिय अलराउन्डर क्रिस ग्रिनलाई गतवर्ष कोलकाताले २० लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । उनले कोलकाताबाट एक खेलमात्र खेल्ने मौका पाएका थिए । ग्रिन स्पिन बलिङसँगै तल्लोक्रममा आक्रामक ब्याटिङ गर्न सक्ने क्षमता भएका अलराउन्डर हुन् । ग्रिनले यस पटक अक्सनमा आफ्नो न्यूनतम मूल्य ३० लाख भारतीय रुपैयाँ तोकेका छन् ।

यस पटक अक्सनमा पन्जाब, मुम्बई र राजस्थानलाई स्पिनरको आवश्यक देखिन्छ । जसले गर्दा अक्सनमा उनले यसभन्दा अघिको भन्दा बढी पारिश्रमिक पाउन सक्छन् । ग्रिनले पछिल्लो समय लगातार विश्वका अन्य फ्रेन्चाइज लिग खेल्दै राम्रो प्रर्दशन गर्दै आएका छन् ।

४.सन्दीप लामिछाने (नेपाल)

नेपाली लेगस्पिनर सन्दीप लामिछानेले अक्सनमा आफ्नो न्यूनतम मूल्य ४० लाख रुपैयाँ तोकेका छन् । तीन संस्करण दिल्ली क्यापिटल्सबाट सन्दीपले न्यूनतम मूल्य २० लाख रुपैयाँ पाएका थिए । सन्दीप २०२० मा पुरै सिजन दिल्लीको बेन्चमा बसेका थिए । तर २०२१ को लागि फुकुवा गरेसँगै अक्सनमा प्रतिस्पर्धा गर्दैछन् । उनीमाथी कुनै एक टोलीले मूल्य लगाएको खण्डमा यस अघिको सिजन भन्दा दोब्बर मूल्य पाउने छन् ।

सन्दीपले आइपिएल बाहेक अन्य विदेशी फ्रेन्चाइज लिग खेल्दै मध्यम प्रर्दशन गर्दै आएका छन् । टोली हेर्दा पन्जाब र मुम्बईमा स्पिनरको आवश्यक बढी देखिन्छ । चार विदेशी खेलाडीको कोटाको कारण सन्दीप दिल्लीको पुरै बेन्चमा बस्नु परेको थियो । गतवर्ष दिल्लीले चार विदेशी खेलाडीमा मार्कस स्टोइनिस, कागिसो रबाडा, शिम्रन हेटमायर र एनरिच नोर्कियालाई पहिलो रोजाईमा खेलाएको थियो ।

३. ओशान थोमस (वेस्टइन्डिज)

वेस्टइन्डिजका २३ वर्षिय तीव्र गतिका बलर ओशान थोमसलाई गत वर्ष राजस्थानले ५० लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । तर कुनैपनि खेलमा थोमसलाई मौका दिएन । तीव्र गतिका बलर थोमस वेस्टइन्डिजको सिमित ओभरको क्रिकेट नियमित खेल्दै राम्रो प्रर्दशन गर्दै आएका छन् ।

यस पटक अक्सनमा सर्वाधिक महँगो मूल्यमा विक्न सक्ने खेलाडी तीव्र गतिका बलर देखिएका छन् । मुम्बई, पन्जाब र बेंगलोरबीच तीव्र गतिका बलर अनुबन्ध गर्न अक्सनमा पैसाको प्रतिस्पर्धा हुने छ । थोमस पनि अक्सन सूचिमा छन् । अक्सनमा थोमसले आफ्नो मूल्य ५० लाख नै तोकेका छन् ।

२. जेसन रोय (इंग्ल्यान्ड)

इंग्ल्यान्डका ओपनर जेसन रोयलाई गतवर्ष दिल्ली क्यापिटलसले टोलीमा अनुबन्ध गरेको थियो । तर रोयले भने ब्यक्तिगत कारण उक्त सिजनको आइपिएल खेलेनन् । दिल्लीले रोयलाई न्यूनतम मूल्य १ करोड ५० लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । रोय वर्तमान समयका एक उत्कृष्ट ओपनर हुन् । रोयले ठूलो इनिङका साथ एक्लै खेललाई सहज जित दिलाउन सक्ने क्षमता राख्छन् ।

यस पटक अक्सनमा रोयले आफ्नो न्यूनतम मूल्य २ करोड राखेका छन् । यस पटक अक्सनमा ओपनर बेंगलोर, चेन्नई र राजस्थानलाई बढी आवश्यक देखिन्छ । रोय यसअघिको अक्सनमा भन्दा महँगो मूल्यमा विक्न सक्छन् ।

१. टम करन (इंग्ल्यान्ड)

इंग्ल्यान्डका तीव्र गतिका बलिङ अलराउन्डर टम करनलाई राजस्थान रोयल्सले फुकुवा गरेको हो । गतवर्ष उनले राजस्थानबाट खेल्दै अलराउन्ड प्रर्दशन गरेका थिए । २०२० मा राजस्थानले करनलाई न्यूनतम मूल्य १ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । करनले यस सिजनमा आफ्नो न्यूनतम मूल्य १ करोड ५० लाख भारतीय रुपैयाँ तोकेका थिए । करन इंग्ल्यान्डको सीमित ओभरको क्रिकेटमा पछिल्लो समय नियमित खेल्दै आएका छन् । प्रर्दशन पनि राम्रो छ । उनले तीव्र गतिमा बलिङ गर्नुको साथैं तल्लोक्रममा ठूला सटको क्षमता राख्छन् ।

गत वर्ष उनले ३ विकेट लिनुको साथैं ८४ रन बनाएका थिए । जसक्रममा उनले कोलकाता नाइट राइडर्सविरुद्ध ५४ रनको अविजित इनिङ खेलेका थिए । सुरुमा राजस्थानमा बेन स्टोक्स उपलब्ध नहुँदा पहिलो रोजाईमा खेलेपनि चार विदेशी कोटाका कारण त्यसपछि मौका पाएनन् । राजस्थानले बेन स्टोक्स, जोफ्रा आर्चर, स्टिभ स्मिथ र जस बटलरलाई नियमित खेलाएको थियो । तर यस पटक अक्सनमा करनलाई मुम्बई, पन्जाब, दिल्ली, बेंगलोर, कोलकाताले टोलीमा भित्र्याउन प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

यो पनि : आइपिएल अक्सनमा नभएका ३ स्टार खेलाडी

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.