5 years ago
February 17, 2021
एजेन्सी– अष्ट्रेलिया पूर्व कप्तान स्टिभ स्मिथलाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा सर्वाधिक महत्त्वका साथ हेरिएको छ ।

बिहिबार चेन्नईमा हुने अक्सनमा स्मिथ महँगो मूल्यमा विक्न सक्ने खेलाडी मध्यका एक हुन् । राजस्थान रोयल्सले स्मिथलाई कप्तानबाट हटाउँदै फुकुवा गरेपछि स्मिथ अक्सनमा छन् । स्मिथले अक्सनमा आफ्नो न्यूनतम मूल्य २ करोड भारतीय रुपैयाँ तोकेका छन् ।
अघिल्लो सिजन राजस्थानको कप्तानी गर्दै उनले १४ खेलमा ३ सय ११ रन बनाएका थिए । स्मिथलाई राजस्थानले १२ करोड ५० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । स्मिथलाई हटाउँदै राजस्थानले युवा विकेटकिपर सन्जु स्यामसनलाई कप्तानीको जिम्मेवारी दिएको थियो ।
आइपिएलमा टोलीको शीर्षक्रमको ब्याटिङ आवश्यकतालाई हेर्दा स्मिथलाई अक्सनमा तीन टोलीले अनुबन्ध गर्न प्रतिस्पर्धा गर्ने सम्भावना देखिन्छ । रोयल च्यालेन्जर्स बेंगलोर, कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्स स्मिथलाई किन्न सक्ने सम्भावना भएका टोली हुन् । जसमध्य चेन्नई अग्रस्थानमा आउँछ ।

गत सिजनमा चेन्नई पहिलो पटक लिग चरणबाट बाहिरिनुको मुख्य कारण शीर्ष र मध्यक्रमको कमजोर ब्याटिङ थियो । त्यसैले चेन्नईले अक्सनमा ब्याटिङ बलियो बनाउन प्रयास गर्नेछ । चेन्नईले एकमात्र विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ । यसै सिजनमा अष्ट्रेलिया पूर्व अलराउन्डर शेन वाटसनलाई चेन्नईले फुकुवा गरेको थियो । वाटसनले फ्रेन्चाइज लिगबाट सन्न्यास लिएको हुँदा चेन्नईले फुकुवा गरेको थियो । उनको स्थानमा स्मिथलाई अनुबन्ध गर्ने सम्भावना देखिन्छ ।
स्मिथलाई अनुबन्ध गर्दा चेन्नईको शीर्षक्रम बलियो बन्ने छ । ओपनिङ रितुराज गायकडका साथ फाफ डु प्लेसिसले गर्ने सम्भावना छ । गतवर्ष अन्तिम तीन खेलमा गायकवाडले लगातार अर्धशतक प्रहार गरेका थिए । महाराष्ट्रबाट घरेलु क्रिकेट खेल्ने उनले लगातार उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । सुरेश रैन चेन्नईमा फर्किने छन् । रैनाले तेस्रो नम्बरमा ब्याटिङ गर्ने छन् । चौथो नम्बरमा स्मिथ, पाँचौंमा अम्बाती रायुडु, छैटौंमा कप्तान महेन्द्रसिंह धोनी र सातौंमा रविन्द्र जडेजाको सम्भावना देखिन्छ ।
अर्कोतर्फ धोनीको आइपिएल २०२१ अन्तिम हुने सम्भावना उच्च छ । जसले गर्दा धोनी पछिको कप्तान रोज्नुपर्ने हुन्छ । सुरुवात देखिनै धोनीलाई कप्तान बनाएको चेन्नईले तीन उपाधि जितेको छ । चेन्नई धोनीलाई जस्तै एक खेलाडीलाई दीर्घकालिन कप्तान बनाउन खोज्ने छ । त्यसको स्मिथ सहि विकल्प हुन् । स्मिथलाई आगमी दिनमा कप्तानको रुपमा अघि बढाउन अक्सनमा किन्नुपर्ने हुन्छ ।

स्मिथ र धोनीले सन् २०१७ मा राइजिङ पुणे सुपर जाइन्टबाटसँगै खेल्दै फाइनल सम्मको यात्रा तय गरेका थिए । पुणे मुम्बईसँग फाइनलमा एक रनले पराजित भएको थियो । उक्त प्रतियोगितामा स्मिथले पुणेको कप्तानी गरेका थिए । धोनीपछि चेन्नईले दीर्घकालिन कप्तान रोज्न खोज्नेछ ।
स्मिथ पछिल्लो समय राम्रो लयमा छन् । गत डिसेम्बरमा स्मिथले भारतविरुद्ध लगातार ओडिआई दुई शतक प्रहार गरेका थिए । भारतसँगको तेस्रो टेष्ट खेलमा स्मिथले उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । राम्रो लयमा देखिएका स्मिथलाई अक्सनमा किन्न प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]