5 years ago
February 17, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन बिहिबार चेन्नईमा हुँदैछ । अक्सनमा २ सय ९२ खेलाडी छन् । जसमा १ सय ६४ भारतीय खेलाडी छन् ।
अक्सनमा झन्डै ४० भारतीय खेलाडी विक्री हुने छन् । खेलाडीको पछिल्लो समयको लय र प्रर्दशनलाई आधार मानेर अक्सनमा खेलाडी छनोट गर्ने गरिन्छ । कोरोना महामारीले एक वर्ष अवधिमा धेरै क्रिकेट प्रतियोगिता हुन सकेनन् ।
शैद मुश्ताक अली ट्रफि भारतको चर्चित टि२० प्रतियोगिता हो । जुन प्रतियोगिता अघिल्लो महिना सम्पन्न भएको थियो । जुन प्रतियोगितालाई आइपिएल देखि भारतीय टोली सम्म आउने एक प्रमुख आधारको रुपमा लिइन्छ । भारतमा पछिल्लो एक वर्षमा शैद मुश्ताक बाहेक अन्य ठूला प्रतियोगिता भएको छैन ।
टोली सन्तुलन र बलियो बनाउन विदेशी खेलाडीसँग भारतीय खेलमा अझ ध्यान दिनुपर्ने हुन्छ । आइपिएलमा ४ मात्र विदेशी खेलाडी खेल्न पाउने हुँदा टोली उपाधिको दाबेदार बनाउन भारतीय खेलाडीको भूमिका महत्त्वपूर्ण हुने छ । आइपिएल अक्सनमा महँगो मूल्यमा विक्न सक्ने ५ भारतीय खेलाडी ।
मोहम्मद अजहरुद्दिन

केरलाबाट घरेलु क्रिकेट खेल्ने २६ वर्षिय मोहम्मद अजहरुद्दिनले शैद मुश्ताकमा उत्कृष्ट प्रर्दशन गरेका थिए । उनले मुम्बईले प्रस्तुत गरेको १ सय ९७ रनको विजयी लक्ष्य पछ्याउने क्रममा १ सय ३७ रनको उत्कृष्ट शतकीय इनिङ खेल्दै केरलालाई ८ विकेटको सानदार जित दिलाएका थिए । ओपनर उनले ५४ बलमा ९ चौका र ११ छक्का प्रहार गरेका थिए । अर्कोतर्फ उनी विकेटकिपर समेत हुन् । विकेटकिपर आवश्यक भएका टोली अजहरुद्दिनलाई पहिलो रोजाईमा राख्ने छन् । उनको शैद मुश्ताकमा १ सय ९५ को स्ट्राकरेटमा ब्याटिङ गरेका थिए ।
अवि बरोत

सौराष्ट्रका अवि बरोत पनि अक्समा महत्वपूर्ण रुपमा हेरिएका खेलाडी हुन् । बरोतले शैद मुश्ताकमा ५ खेलमा २ सय ८३ रन बनाएका थिए । स्ट्राइक रेट १ सय ८५ थियो । आक्रामक ब्याटिङका लागि परिचित बरोतले गोआविरुद्ध ५३ बलमा ११ चौका र ७ छक्का सहित १ सय २२ रनको शतकीय इनिङ खेलेका थिए । त्यस्तै विदर्भविरुद्ध ९३ रनको इनिङ खेलेका थिए । उनको लय र शेल्ने शैलीलाई हेर्दा महँगो मूल्यमा विक्न सक्ने अनुमान गरिएको छ ।
लुकमान मेरीवाल

यस पटक अक्सनमा तीव्र गतिका बलरलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । २९ वर्षिय लुकमानले बरोडाबाट घरेलु क्रिकेट खेल्ने लुकमानले शैद मुश्ताकमा राम्रो प्रर्दशन गरेका थिए । उनले ८ खेलमा १५ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा दोस्रो स्थानमा रहेका थिए । जसमा उनको ईकोनमी ६.५२ थियो । धेरै फ्रेन्चाइज टोलीलाई तीव्र गतिका बलर आवश्यक हुँदा लुकमानलाई किन्न प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
शेल्डन ज्याकसन

३४ वर्षिय विकेटकिपर शेल्डन ज्याकसनले पुडुचेररीबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । शेल्डनले यस पटकको शैद मुश्ताक प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका थिए । जसक्रममा उनले आन्द्रप्रदेशविरुद्ध तेस्रो नम्बरमा ब्याटिङ गर्दै ५० बलमा ७ चौका र ८ छक्का सहित १ सय ६ रनको इनिङ खेल्दै टोलीलाई ४ विकेटको जित दिलाएका थिए । जसक्रममा पुडुचेररीले २ सय २७ रनको लक्ष्य चार बल अगाडि ६ विकेटको क्षतिमा पूरा गरेको थियो । उनले हरियानाविरुद्ध ८२ रनको इनिङ खेलेका थिए । प्रतियोगिताभर १ सय ५५ को स्ट्राइक रेटमा २ सय ४२ रन बनाएका थिए ।
वेन्कटेश ऐर

मध्य प्रदेशका २६ वर्षिय वेन्कटेशले ऐरले ५ खेलमा २ सय २७ रन बनाएका थिए । जसक्रममा उनले सौराष्ट्रविरुद्ध ८८ र गोआविरुद्ध ८७ रनको अविजित इनिङ खेलेका थिए । ऐर ब्याटिङसँगै मध्यक्रममा बलिङ पनि गर्ने गर्दछन् । पार्टटाइमको राम्रो विकल्प हुने छन् । जसले गर्दा फ्रेन्चाइज टोली उनिमाथि रुचि बढी देखाउने छन् । उनले ३८ टि२० खेलमा २१ विकेट लिएका छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]