5 years ago
February 18, 2021
एजेन्सी – अष्ट्रेलिया आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेल इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा धनको वर्षा भएसँगै महँगो मूल्यमा रोयल च्यालेन्जर्स बेंगलोरमा अनुबन्ध भएका छन् ।

चेन्नईमा जारी अक्सनमा म्याक्सवेललाई विराट कोहली कप्तान रहेको रोयल च्यालेन्जर्स बेंगलोरले १४ करोड २५ लाख भारुमा अनुबन्ध गरेको छ । अक्सनमा उनीमाथि धनको वर्षा भएको थियो । न्यूनतम मूल्य २ करोड तोकेका म्याक्सवेललाई किन्न अक्सनमा किन्न बेंगलोर र चेन्नई सुपर किंग्सबीच कडा प्रतिस्पर्धा भएको थियो ।
चेन्नई उनलाई किन्न १४ करोड सम्म तयार भएको थियो । तर त्यसपछि भने चेन्नई अक्सनमा अघि बढ्न सकेन । चेन्नईसँग अक्सनमा झन्डै २३ करोड मात्र रकम बाँकी छ । म्याक्सवेलले अक्सन अघि आफ्ना आर्दश खेलाडी एवि डी भिलियर्ससँगै खेल्ने इच्छा समेत रहेको बताएका थिए ।
म्याक्सवेललाई पन्जाबले फुकुवा गरेको थियो । गतवर्ष म्याक्सवेललाई पन्जाबले १० करोड ७५ लाख भारुमा अनुबन्ध गरेको थियो ।
अष्ट्रेलिया कप्तान स्मिथलाई दिल्ली क्यापिटल्सलले २.२ करोड भारुमा भारतीय रुपैयाँमा दिल्ली क्यापिटल्सले अनुबन्ध गरेको छ । न्यूनतम मूल्य स्मिथले २ करोड भारु तोकेका थिए । न्यूनतम मूल्यमा स्मिथलाई किन्न बेंगलोर र पन्जाबले बोली लगाएका थिए । त्यसपछि भने कुनै टोलीले मूल्य नलगाउँदा स्मिथ सस्तैमा विकेका हुन् । स्मिथलाई राजस्थान रोयल्सले फुकुवा गरेको थियो । राजस्थानमा उनले १२ करोड ५० लाख भारु पाएका थिए ।
अष्ट्रेलिया ओपनर आरोन फिन्च अनसोल्ड भएका छन् । इंग्ल्यान्डका ओपनर एलेक्स हेल्स, वेस्टइन्डिजका इभिन लुइस पनि अनसोल्ड भएका छन् । करुण नायर पनि अनसोल्ड भएका थिए । हनुमा विहारी पनि अनसोल्ड भए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]