5 years ago
February 18, 2021
एजेन्सी – अष्ट्रेलिया तीव्र गतिका बलर झेय रिचर्डसनलाई पन्जाब किंग्सले महँगो मूल्यका साथ अनुबन्ध गरेको छ ।

चेन्नईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन रिचर्डसनलाई पन्जाबले १४ करोडका साथ खरिद गरेको हो । उनले न्यूनतम मूल्य १ करोड ५० लाख रुपैयाँ तोकेका थिए । रिचर्डसनलाई खरिद गर्न पन्जाब, दिल्ली र बेंगलोरबीच प्रतिस्पर्धा भएको थियो ।
२४ वर्षीय रिचर्डसनले हालसम्म आइपिएल खेलेका छैनन् । यसै महिना सम्पन्न बिग ब्यास लिगमा पर्थ स्कोचर्सबाट उनले सर्वोत्कृष्ट प्रर्दशन गर्दै सर्वाधिक विकेट लिने सूचिमा शीर्षस्थानमा थिए । रिचर्डसनले विग ब्यासमा १७ खेलमा २९ विकेट लिएका थिए । उनले पावरप्ले, मध्यक्रम र डेथ ओभर सबैमा उत्कृष्ट बलिङ गर्ने गर्दछन् ।
रिचर्डसनले कुनैपनि समय नयाँ र पुरानो बल दुबैमा उत्कृष्ट प्रर्दशन गर्ने क्षमता राख्छन् । त्यसैले उनीमाथि चर्को मूल्य लागेको हो । रिचर्डसन तल्लोक्रममा ठूलो सटको क्षमता पनि राख्ने गर्दछन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]