5 years ago
February 18, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा पन्जाब किंग्सले शाहरुख खानलाई किनेको छ ।

शाहरुख खानलाई पन्जाबले ५ करोड २५ लाख भारुमा टोलीमा अनुबन्ध गरेको छ । पन्जाबको मालिकमा बलिउडकी चर्चित अभिनेत्री प्रिती जिन्टा रहेकी छिन् । २५ वर्षिय शाहरुख खानलाई किन्न अक्सनमा पन्जाब, कोलकाता, दिल्लीबीच प्रतिस्पर्धा भएको थियो । खान तल्लोक्रममा आक्रामक ब्याटिङ गर्ने गर्दछन् ।
तामिल नाडुलाई यस सिजनको शैद मुश्ताक अली ट्रफी उपाधि दिलाउन शाहरुख खानले उत्कृष्ट प्रर्दशन गरेका थिए । शारुख पार्टटाइममा बलिङ गर्ने गर्दछन् । शाहरुखले न्यूनतम मूल्य २० लाख रुपैयाँ तोकेका थिए । उच्च रोजाईका साथ उनी पन्जाब पुगेका हुन् ।

त्यसअघि दक्षिण अफ्रिका तीव्र गतिका बलिङ अलराउन्डर क्रिस मोरिस इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन इतिहासकै सर्वाधिक महँगो मूल्यमा बिक्रि भए । मोरिसलाई राजस्थान रोयलल्सले १६ करोड २५ लाखमा अनुबन्ध गरेको हो ।
मोरिसमाथि लागेको १६ करोड २५ लाख आइपिएल अक्सनमा कुनैपनि खेलाडीले पाएको सर्वाधिक मूल्य हो । यसअघि आइपिएल अक्सनमा सर्वाधिक महँगो मूल्य सन् २०१५ मा भारतीय आक्रामक ब्याट्सम्यान युवराज सिंहलाई दिल्ली क्यापिटल्स (तत्कालिन दिल्ली डेयरडेभिल्स) ले १६ करोड भारुमा किनेको थियो । मोरिसलाई यसपटक रोयल च्यालेन्जर्स बेंगलोरले फुकुवा गरेको थियो ।
गतवर्ष मोरिसलाई बेंगलोरले १० करोडमा किनेको थियो । मोरिसलाई किन्न अक्सनमा पन्जाब, राजस्थान, मुम्बई र बेंगलोरबीच उच्च प्रतिस्पर्धा भएको थियो । मोरिसले न्यूनतम मूल्य ७५ लाख मात्र तोकेका थिए । आइपिएल इतिहासमा पहिलो पटक १६ करोडमाथि अक्सनमा बोली लागेको हो ।

त्यसअघि अष्ट्रेलिया आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेललाई विराट कोहली कप्तान रहेको रोयल च्यालेन्जर्स बेंगलोरले १४ करोड २५ लाख भारुमा अनुबन्ध गरेको छ । न्यूनतम मूल्य २ करोड तोकेका म्याक्सवेललाई किन्न अक्सनमा किन्न बेंगलोर र चेन्नई सुपर किंग्सबीच कडा प्रतिस्पर्धा भएको थियो । चेन्नई उनलाई किन्न १४ करोड सम्म तयार भएको थियो ।
तर त्यसपछि भने चेन्नई अक्सनमा अघि बढ्न सकेन । उसँग अक्सनमा झन्डै २३ करोड मात्र रकम बाँकी छ । म्याक्सवेलले अक्सन अघि आफ्ना आर्दश खेलाडी एवि डी भिलियर्ससँगै खेल्ने इच्छा समेत रहेको बताएका थिए । म्याक्सवेललाई पन्जाबले फुकुवा गरेको थियो । गतवर्ष म्याक्सवेललाई पन्जाबले १० करोड ७५ लाख भारुमा अनुबन्ध गरेको थियो ।
अष्ट्रेलिया कप्तान स्मिथलाई दिल्ली क्यापिटल्सलले २.२ करोड भारुमा भारतीय रुपैयाँमा दिल्ली क्यापिटल्सले अनुबन्ध गरेको छ । न्यूनतम मूल्य स्मिथले २ करोड भारु तोकेका थिए । न्यूनतम मूल्यमा स्मिथलाई किन्न बेंगलोर र पन्जाबले बोली लगाएका थिए । त्यसपछि भने कुनै टोलीले मूल्य नलगाउँदा स्मिथ सस्तैमा बिक्रि भएका हुन् । स्मिथलाई राजस्थान रोयल्सले फुकुवा गरेको थियो । राजस्थानमा उनले १२ करोड ५० लाख भारु पाएका थिए । मोइन अलीलाई चेन्नईले ७ करोडमा किनेको छ ।
अष्ट्रेलिया तीव्र गतिका बलर झेय रिचर्डसनलाई पन्जाब किंग्सले महँगो मूल्यका साथ अनुबन्ध गरेको छ । रिचर्डसनलाई पन्जाबले १४ करोडका साथ खरिद गरेको हो । उनले न्यूनतम मूल्य १ करोड ५० लाख रुपैयाँ तोकेका थिए । रिचर्डसनलाई खरिद गर्न पन्जाब, दिल्ली र बेंगलोरबीच प्रतिस्पर्धा भएको थियो ।

२४ वर्षीय रिचर्डसनले हालसम्म आइपिएल खेलेका छैनन् । यसै महिना सम्पन्न बिग ब्यास लिगमा पर्थ स्कोचर्सबाट उनले सर्वोत्कृष्ट प्रर्दशन गर्दै सर्वाधिक विकेट लिने सूचिमा शीर्षस्थानमा थिए । रिचर्डसनले विग ब्यासमा १७ खेलमा २९ विकेट लिएका थिए । उनले पावरप्ले, मध्यक्रम र डेथ ओभर सबैमा उत्कृष्ट बलिङ गर्ने गर्दछन् ।
रिचर्डसनले कुनैपनि समय नयाँ र पुरानो बल दुबैमा उत्कृष्ट प्रर्दशन गर्ने क्षमता राख्छन् । त्यसैले उनीमाथि चर्को मूल्य लागेको हो । रिचर्डसन तल्लोक्रममा ठूलो सटको क्षमता पनि राख्ने गर्दछन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]