default_image

5 years ago

February 18, 2021

आइपिएल अक्सनमा बिक्री भएका खेलाडीहरु

173 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन चेन्नईमा सकिएको छ । चेन्नईमा सकिएको अक्सनमा दक्षिण अफ्रिका क्रिस मोरिस सर्वाधिक महँगो मूल्यमा अनुबन्ध भएका छन् ।

मोरिसलाई राजस्थान रोयल्सले आइपिएल इतिहासकै सर्वाधिक रकम क्रममा १६ करोड २५ लाख खर्चेर खरिद गर्यो । नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई पनि कुनैपनि टोलीले अक्सनमा खरिद गरेनन् । अक्सनमा इंग्ल्यान्डका ओपनर जेसन रोय, एलेक्स हेल्स र अष्ट्रेलिया आरोन फिन्च जस्ता चर्चित ओपनरलाई कुनैपनि टोलीले लिएनन् ।

अक्सनमा बेंगलोरले दुई खेलाडी १० करोडभन्दा माथि खर्चेर अनुबन्ध गर्यो । भारतीय पुर्व क्रिकेट सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकुरलाई मुम्बई इन्डियन्सले खरिद गरेको छ । १० करोडभन्दा माथि मूल्य परेका ग्लेन म्याक्सवेल बाहेक अन्य सबै तीव्र गतिका अलराउन्डर रहेका छन् ।

अक्सनमा कुल ६१ खेलाडीको कोटा बाँकी थियो । जसमा ५७ खेलाडी खक्सनमा बिक्री भएका छन् । राजस्थानले एक र बेंगलोरले तीन खेलाडी खाली राख्दा अन्य सबै टोलीमा २५–२५ खेलाडी भएका छन् । स्टिभ स्मिथ र डेविड मलान अपेक्षा भन्दा धेरै न्यून रकममा अनुबन्ध हुन पुगे ।

आइपिएल अक्सन २०२१ मा बिक्री भएका सम्पूर्ण खेलाडी, रकम र टोली:

चेन्नई सुपर किंग्स : कृष्णप्पा गौवथम (९ करोड २५ लाख , मोइन अली (७ करोड, चेतेश्वर पुजारा (५० लाख), भगर्थ बर्मा (२० लाख), हरि निसान्थ (२० लाख) र एम हरिशंकर रेड्डी (२० लाख)

दिल्ली क्यापिटल्स : टम करन ( ५ करोड २५ लाख , स्टिभ स्मिथ (२ करोड २० लाख, साम विलिंग्स (२ करोड), उमेश यादव (१ करोड), रिपल पटेल, विष्णु विनोद, लुकमान मेरिवाल र एम सिद्धार्थ (समान २० लाख)

कोलकाता नाइट राइडर्स : सकिब अल हसन (३.२ करोड), शेल्डन ज्याकसन (२० लाख), विभव आरोन (२० लाख), करुण नायर (५० लाख), हरभजन सिंह (२ करोड), बेन कटिङ (७५ लाख), वेन्केश ऐर (२० लाख) र पवन नेगी (५० लाख)

मुम्बई इन्डियन्स : नाथन कुल्टर नाइल (५ करोड), एडम मिल्ने (३ करोड २ लाख), पियुष चवला (२ करोड ४ लाख), जेम्स निसम (५० लाख), युधवीर चरक (२० लाख), मार्को जेनसन (२० लाख), अर्जुन तेन्दुलकुर (२० लाख)

पन्जाब किंग्स : झेय रिचर्डसन (१४ करोड), राइली मेरेडीथ (८ करोड), शाहरुख खान( ५ करोड २५ लाख), मोइजेस हेनरिक्स (४.२ करोड) डेविड मलान (१ करोड ५० लाख , जलाज सक्सेना (३० लाख, उत्कर्ष सिंह (२० लाख), फबेन एलिएन (७५ लाख), सौरभ कुमार (२० लाख)

राजस्थान रोयल्स : क्रिस मोरिस (१६ करोड २५ लाख), शिवम दुबे (४ करोड ४० लाख), चेतन सकरिया (१ करोड २ लाख), मुस्ताफिजुर रहमान (१ करोड), केसी चरिप्पा (२० लाख), लियाम लिभिङस्टोन (७५ लाख), कुलदीप यादव (२० लाख), आकाश सिंह (२० लाख)

रोयल च्यालेन्जर्स बेंगलोर : काइल जामिसन (१५ करोड), ग्लेन म्याक्सवेल (१४ करोड २५ लाख , डेन क्रिष्टियन (४ करोड ८० लाख, सचिन वेबी, राजत पतिदार, मोहम्मद अजहरुद्दिन, सिकर भारत र सुयस प्रधुदेसमई (समान २० लाख)

सनराइजर्स हैदराबाद : केदार जाधव (२ करोड), जे सुचित (३० लाख), मुजिब उर रहमान (१.५ करोड)

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.