default_image

5 years ago

February 18, 2021

आइपिएल अक्सनका १० महँगा खेलाडी

213 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन बिहिबार साँझ चेन्नईमा सम्पन्न भएको छ । अक्सनमा दक्षिण अफ्रिका अलराउन्डर क्रिस मोरिस सर्वाधिक महँगो मूल्यमा बिक्री भए ।

मोरिसलाई राजस्थान रोयल्सले आइपिएल इतिहासकै सर्वाधिक उच्च कीर्तिमानी रकम १६ करोड २५ लाख भारु खर्चियो । नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई पनि कुनैपनि टोलीले खरिद गरेनन् । अक्सनमा १० करोडमाथि ४ खेलाडी खरिद भए ।

अक्सनमा इंग्ल्यान्डका ओपनर जेसन रोय, एलेक्स हेल्स, अष्ट्रेलिया आरोन फिन्च, आदिल राशिद, मार्टिन गुप्टिल लगायतका चर्चित खेलाडी विक्न सकेनन् । मोरिसले अप्रत्याशित कीर्तिमानी मूल्य पाउँदा स्टिभ स्मिथ र डेविड मलान लगायतका केहि उच्च मूल्यको आशा गरिएका खेलाडी सामान्य मूल्यमा सीमित भए । आइपिएल अक्सन २०२१ का सर्वाधिक १० महँगा खेलाडी यस प्रकार छन् ।

१. क्रिस मोरिस – १६ करोड २५ लाख

दक्षिण अफ्रिका तीव्र गतिका बलिङ अलरान्डर क्रिस मोरिसलाई राजस्थान रोयल्सले १६ करोड २५ लाख भारुमा खरिद गरेको थियो । मोरिसलाई गत वर्ष बेंगलोरले १० करोड भारुमा अनुबन्ध गर्दै फुकुवा गरेको थियो । मोरिस तीव्र गतिसँगै तल्लोक्रममा ठूला सट खेल्न सक्ने क्षमता भएका खेलाडी हुन् ।

३३ वर्षिय मोरिसलाई खरिद गर्न अक्सनमा पन्जाब, राजस्थान, मुम्बई र बेंगलोरबीच उच्च प्रतिस्पर्धा भएपछि कीर्तिमानी मूल्य पाएका हुन् । गतवर्ष बेंगलोरबाट खेल्दै मोरिसले ९ खेलमा ११ विकेट लिएका थिए । उनी गतवर्ष १० करोडमा विकेका थिए । यस पटक न्यूनतम मूल्य ७५ लाख राखेका थिए ।

२. काइल जामिसन – १५ करोड

न्युजिल्यान्डका तीव्र गतिका बलिङ अलराउन्डर काइल जामिसनलाई बेंगलोरले १५ करोड भारु खर्चिर्दै टोलीमा भित्र्यो । निकै महत्वपूर्ण साथ हेरिएका जामिसनले अपेक्षा अनुसारनै उच्च मूल्य पाए । बेंगलोरले आफ्नो तीव्र गतिको बलिङ समस्या सुधार गर्न महँगो मूल्य खर्चिन पछि परेन । २६ वर्षिय जामिसनले तीव्र गतिसँगै तल्लोक्रममा ठूला सट प्रहार गर्ने गर्दछन् ।

गत वर्ष भारतविरुद्ध डेब्यू गरेका जामिसनले त्यसयता लगातार उच्च प्रर्दशन गरि रहेका छन् । भारतलाई ओडिआई र टेष्ट सिरिजमा क्लिनस्विप गराउन जामिसनले घरेलु मैदानमा डेब्यूका साथ उत्कृष्ट प्रर्दशन गरेका थिए । उनले घरेलु र अन्तर्राष्ट्रिय दुबैमा लगातार उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । उनी पहिलो पटक आइपिएल अक्सनमा बिक्री भएका हुन् । अक्सनमा न्यूनतम मूल्य ७५ लाख मात्र तोकेका थिए ।

३. ग्लेन म्याक्सवेल – १४ करोड २५ लाख

आइपिएल अक्सनका अष्ट्रेलिया आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेल सर्वाधिक लक्की खेलाडी मानिन्छन् । म्याक्सवेललाई बेंगलोरले १४ करोड २५ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । म्याक्सवेल ठूला सटका लागि परिचित विश्व प्रसिद्ध फिनिसर हुन् । पार्ट टाइम स्पिन बलिङ गर्ने गर्दछन् ।

म्याक्सवेललाई गत वर्ष पन्जाबले १० करोड ७५ लाखमा अनुबन्ध गरेको थियो । तर खराब प्रर्दशनका कारण फुकुवा गरेको थियो । म्याक्सवेलको आगमनले बेंगलोरको फिनिसिङ लाइनअप झनै उत्कृष्ट बन्ने छ । म्याक्सवेलले आफ्नो न्यूनतम मूल्य २ करोड राखेका थिए ।

४. झेय रिचर्डसन – १४ करोड

अष्ट्रेलिया तीव्र गतिका बलर झेय रिचर्डसनलाई पन्जाबले अक्सनमा १४ करोड भारु खर्चियो । पन्जाबको गतवर्ष तीव्र गतिका बलरको प्रर्दशन निकै कमजोर रहेको थियो । २४ वर्षीय रिचर्डसनले हालसम्म आइपिएल खेलेका छैनन् । यसै महिना सम्पन्न बिग ब्यास लिगमा पर्थ स्कोचर्सबाट उनले सर्वोत्कृष्ट प्रर्दशन गर्दै सर्वाधिक विकेट लिने सूचिमा शीर्षस्थानमा थिए ।

रिचर्डसनले विग ब्यासमा १७ खेलमा २९ विकेट लिएका थिए । उनले पावरप्ले, मध्यक्रम र डेथ ओभर सबैमा उत्कृष्ट बलिङ गर्ने गर्दछन् । रिचर्डसन तल्लोक्रममा ठूलो सटको क्षमता राख्ने गर्दछन् ।

५. कृष्णप्पा गौवथम – ९ करोड २५ लाख

भारतीय अफस्पिन अलराउन्डर कृष्णप्पा गौवथमलाई चेन्नइले ९ करोड २५ लाख भारुमा खरिद गर्यो । कर्नाटकाबाट घरेलु क्रिकेट खेल्ने गौवथमलाई पन्जाबले यस सिजनमा फुकुवा गरेको थियो । गतपर्ष अधिकाम्स खेलमा बेन्चमा बसेका थिए ।

पन्जाबमा उनी ६ करोड २० लाखमा भारुमा अनुबन्ध भएका थिए । तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । अक्सनमा आफ्नो न्यूनतम मूल्य २० भारु तोकेका थिए ।

६. राइली मेरीडिथ – ८ करोड

अष्ट्रेलिया २४ वर्षिय राइली मेरीडिथ तीव्र गतिका बलरका रुपमा चर्चित खेलाडी हुन् । तीव्र गतिका बलर उनले बिग ब्यासमा होबार्ट हरिकेन्सबाट खेल्दै उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । अष्ट्रेलिया टोलीमा डेब्यूको पर्खाइमा छन् । राइलीलाई पन्जाबले ८ करोडमा अनुबन्ध गरेको हो । राइलीले आफ्नो न्यूनतम मूल्य ४० लाख भारु राखेका थिए ।

७.मोईन अली– ७ करोड

इंग्ल्यान्डका स्पिन अलराउन्डर मोइन अलीलाई चेन्नईले ७ करोडमा अनुबन्ध गर्यो । एक मात्र विदेशी कोटा खाली रहेको चेन्नईले अलीमाथि महँगो मूल्य खर्चेको थियो । अलीलाई बेंगलोरले टोलीबाट फुकुवा गरेको थियो ।

मोईन स्पिन बलिङका साथै तल्लोक्रममा आक्रामक ब्याटिङ गर्ने गर्दछन् । यसै साता सम्पन्न भारतसँगको दोस्रो टेष्ट खेलमा स्पिनर अक्षर पटेललाई लगातार तीन छक्का प्रहार गर्दै धेरैको ध्यान केन्द्रित गरेका थिए । अलीले न्यूनतम मूल्य २ करोड भारु थियो ।

८. शाहरुख खान – ५ करोड २५ लाख

पन्जाबले युवा फिनिसर शाहरुख खानलाई ५ करोड २५ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ । ५ वर्षिय शाहरुख खानलाई किन्न अक्सनमा पन्जाब, कोलकाता, दिल्लीबीच प्रतिस्पर्धा भएको थियो ।

तामिल नाडुलाई यस सिजनको शैद मुश्ताक अली ट्रफी उपाधि दिलाउन शाहरुख खानले उत्कृष्ट प्रर्दशन गरेका थिए । शारुख पार्टटाइममा बलिङ गर्ने गर्दछन् । शाहरुखले न्यूनतम मूल्य २० लाख रुपैयाँ तोकेका थिए ।

९. टम करन – ५ करोड २५ लाख

इंग्ल्यान्डका युवा अलराउन्डर टम करनलाई दिल्ली क्यापिटल्सले ५ करोड २५ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ । गतवर्ष उनले राजस्थानबाट खेल्दै अलराउन्ड प्रर्दशन गरेका थिए । राजस्थानले करनलाई न्यूनतम मूल्य १ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।

करन इंग्ल्यान्डको सीमित ओभरको क्रिकेटमा पछिल्लो समय नियमित खेल्दै आएका छन् । उनले तीव्र गतिमा बलिङ गर्नुको साथैं तल्लोक्रममा ठूला सटको क्षमता राख्छन् । न्यूनतम मूल्य १ करोड ५० लाखत तोकेका थिए ।

१०. नाथन कुल्टर नाइल – ५ करोड

अष्ट्रेलिया तीव्र गतिका बलर नाथन कुल्टर नाइललाई मुम्बई इन्डियन्सले ५ करोडमा अनुबन्ध गर्यो । नाइलले तल्लोक्रममा राम्रो ब्याटिङको समेत क्षमता राख्छन् । यस सिजनमा मुम्बईले नै उनलाई फुकुवा गरेको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.