5 years ago
February 19, 2021
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा अनसोल्ड भएका (बिक्री वा खरिद नहुनु ) छन् ।

दिल्ली क्यापिटल्सबाट फुकुवा भएपछि सन्दीप महँगो मूल्यमा अन्य टोलीमा जाने अपेक्षाका साथ बिहिबार अक्सनलाई निकै महत्वपूर्ण रुपमा हेरेका थिए । तर न्यूनतम मूल्य ४० लाखमै खरिद गर्न कुनैपनि टोलीले रुचि देखाएनन् । सन्दीप अघि अफगानिस्तान स्पिनर मुजिब उर रहमान, न्युजिल्यान्डका ईश सोधी, इंग्ल्यान्डका अलराउन्डर आदिल राशिद अनसोल्ड भई सकेका थिए । अन्तिममा मुजिबलाई सनराइजर्स हैदराबादले खरिद गरेको थियो ।
सन्दीपलाई दिल्लीले सन् २०१८ मा न्यूनतम मूल्य २० लाख भारुमा खरिद गरेपछि आइपिएल खेल्ने पहिलो खेलाडी बनेका थिए । सन्दीपले त्यसवर्ष अन्तिम तीन खेलमा मौका पाउँदै पाँच विकेट लिँदै उत्कृष्ट अन्त्य गरेपछि उनको अन्य विदेशी लिगमा माग बढेको थियो । त्यसपछि विश्वका अन्य चर्चित फ्रेन्चाइज लिगमा लगातार खेल्दै आएका सन्दीपलाई यस सिजनमा भने दिल्लीले फुकुवा गरेको थियो ।
सन्दीपले २०१९ मा ६ खेलमा ८ विकेट लिएका थिए । २०२० मा पुरै खेलमा बेन्चमा राखेको थियो । मेघा अक्सन नभएको हुँदा सन्दीप दिल्लीलाई स्पिनर आवश्यक भएको भए टोलीमै बस्न सक्थे । दिल्लीले आवश्यक नहुँदा फुकुवा गर्दै अन्य टोलीको बाटो खुल्ला गरेको थियो । तर सन्दीपलाई कुनैपनि टोलीले किनेनन् । सन्दीप अनसोल्ड हुनुका पाँच कारण यस प्रकार छन् ।

१. विदेशी स्पिनर कम आवश्यक
अक्समा कुल २२ विदेशी खेलाडीको कोटा थियो । अक्सनमा सबै फ्रेन्चाइज टोली तीव्र गतिका विदेशी अनुबन्ध गर्न चाहान्थे । काइल जामिसन, क्रिस मोरिस, झेय रिचर्डसन लगायतका बलर महँगो मूल्यमा विक्नुको मुख्य कारण तीव्र गतिका बलरको अत्याधिक आवश्यकता हो । अक्सनमा महँगो विक्ने प्राय तीव्र गतिका बलर रहे ।
अक्सनमा एक टोलीले बढीमा २५ खेलाडी राख्न पाउछन् । जसमा बढीमा ८ विदेशी खेलाडी राख्न पाइन्छ । स्पिनर आवश्यक भएका टोलीले पनि भारतीय खेलाडीबाट पूर्ति गर्दै विदेशी तीव्र गतिका बलर अनुबन्ध गरेपछि गरेपछि सन्दीपमाथि मूल्य लाग्न सकेन ।
२. सन्दीपको कमजोर ब्याटिङ
सन्दीपले पछिल्लो तीन वर्षमा लगातार फ्रेन्चाइज लिग र नेपालबाट खेल्दै आएका छन् । तर उनको ब्याटिङ र फिल्डिङ भने कमजोर पाइन्छ । अक्सनमा पन्जाब, राजस्थान र मुम्बईलाई स्पिनरको आवश्यक थियो । पन्जाबले वेस्टइन्डिजका फबियन एलेनलाई खरिद गर्यो । एलेन तल्लोक्रममा आक्रामक ब्याटिङको साथै उत्कृष्ट फिल्डिङका लागि चिनिन्छन् ।
चेन्नईले मोईन अली र कोलकाताले सकिब अल टोलीमा भित्र्याए । यी तीनै स्पिनर राम्रो ब्याटिङका लागि परिचित छन् । सन्दीपको ब्याटिङ र फिल्डिङ कमजोर छ । त्यसैले फ्रेन्चाइज टोलीको रुचि गएन ।

३. सन्दीपको कमजोरी थाहा हुनु
सन्दीपले लगातार विदेशी फ्रेन्चाइज लिग खेलि रहेका छन् । जसले सन्दीपको ब्याट्सम्यान र फ्रेन्चाइज टोलीलाई कमजोरी थाहा भई सकेको छ । सन्दीपले लेगस्पिनर र गुगली गर्ने गर्दछन् । सन्दीपसँग यी दुई बाहेक अन्य खासै स्पिनरमा भेराइटी देखिदैन । सन्दीपले एउटै शैलीमा निरन्तर बलिङ गरि रहेका छन् ।
जुन शैलीमा विपक्षी ब्याट्सम्यानले राम्रो अभ्यास र होमवर्क गरेर आउँछन् । कमजोरी सबै ब्याट्सम्यानलाई थाहा भइसकेको छ । हैदराबादले मुजिबलाई अनुबन्ध गर्यो । उनीसँग अफ स्पिनसँगै लेग, गुगली, क्यारमबल लगायतका थुप्रै भेराइटी छन् । जसले गर्दा ब्याट्सम्यानले उनको बल खेल्न कठिन पर्छ ।
४. पछिल्लो समयको कमजोर प्रर्दशन
सन्दीपले बिग ब्यास लिग २०२०-२१ होबार्ट हरिकेन्सबाट खेलेका थिए । ८ खेलमा ८ विकेट मात्र लिन सके । तीन खेलमा विकेट विहिन बनेका थिए । तीन खेलमा २–२ विकेट लिएका थिए । सन्दीपले लगातार विदेशी लिग खेल्दै आएका छन् । तर म्याच विनिङ प्रर्दशन भने गर्न सकेका छैनन् ।
सबै प्रतियोगितामा उनको प्रर्दशन औसत पाइन्छ । सन्दीप विदेशी लिगमा म्यान अफ द म्याच कमै खेलमा भएका छन् । विदेशी कोटामा फ्रेन्चाइज टोली सकेसम्म म्याच विनर चाहान्छन् । त्यसैले सन्दीप प्रति फ्रेन्चाइज टोलीको रुचि घट्न थालेको छ ।

५. अक्सनमा सन्दीपभन्दा राम्रो विकल्प हुनु
यस पटक अक्सनमा स्पिनर टोलीमा निकै कम आवश्यक थियो । आवश्यक भएका टोलीले सन्दीप भन्दा राम्रो विकल्प हेरे । सकिब, मुजिब, मोइन सन्दीप भन्दा धेरै राम्रो अनुभवी र उत्कृष्ट खेलाडी हन् । अक्सनमा सन्दीप भन्दा धेरै राम्रो विकल्प थिए । जसले गर्दा कुनैपनि टोलीले रुचि देखाएनन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]