default_image

9 years ago

October 5, 2016

समाधान होला नेपाली क्रिकेटको विवाद ?

165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पेचिलो बन्दै गएको नेपाली क्रिकेटको विवाद समाधान गर्न लागि भन्दै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसि) ले ६ सदस्यीय सल्लाकार समिति गठन गरेको छ । ६ सदस्यीय भनिएपनि समितिमा अहिले सम्म ४ जनाको मात्र नाम सार्वजनिक गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) माथि प्रतिबन्ध लगाएको आइसिसिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई एक पत्र लेख्दै समिति गठनको जानकारी दिएको राखेप सल्लाहकार रोहित दहालले बताएका छन् । समितिमा खेलकुद मन्त्रालयका सहसचिव चडामणि पौडेल, क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डे, पूर्वकप्तान पवन अग्रवाल पूर्वकार्यवहाक अध्यक्ष दिपक कोइराला रहेका छन् । राखेपका एकजना प्रतिनिधि पनि समितिमा रहनेछन् । अर्का एक सदस्य सल्लाहकार समितिको बैठकबाट चयन गर्न सक्ने पत्रमा उल्लेख रहेको दहालले बताए ।

icc-can
आइसिसिका फाइनान्स म्यानेजर अमर शेखले सल्लाकार समितिको संयोजन गर्नेछन् । समितिलाई क्रिकेट विवाद समाधानका लागि आवश्यक विधान बनाउने तथा छिटो भन्दा छिटो निष्पक्ष निर्वाचन गराउने जिम्मा दिइएको छ । गत महिना आइसिसिका कार्यकारी प्रमुख डेभिड रिचार्डसनको नेतृत्वमा आएकोे टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल, युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली , राखेप सदस्य सचिव केशवकुरमा विष्टलगायत सरोकारवाला सँग भेट गरेको थियो । भेटमा नेपाली क्रिकेट विवाद सामधानका लागि राष्ट्रिय क्रिकेट बोर्ड गठन गर्ने र त्यसका लागि सल्लाकार समिति बनाउने सहमति भएको बताइएको थियो । दोहोरो अस्तित्वपछि आइसिसीले वैशाखमा क्यानमाथि प्रतिबन्ध लगाएको थियो । यद्दपी आइसिसीकै संयोजनमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा भाग लिदै आएको छ ।

मंसिरको अन्त्यमा क्यानको साधारण सभाले चतुरबहादुर चन्दको अध्यक्षतामा कार्यसमिति चयन गरेको थियो । निर्वाचन प्रक्रिया पुरा नगरेको भन्दै राखेपले पुसमा रमेश सिलवालको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो । निर्वाचित समितिले सरकार, राखेपसहित १६ जनाका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेपनि दुवै पक्षलाई अस्वीकार गर्दै आइसिसीले नेपाल माथि प्रतिबन्ध लगाएको थियो । नेपालमाथि प्रतिबन्ध लगाएपनि आइसिसीले नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइएको छ । नेपालको सहभागिताको संयोजन पनि आइसिसीले नै गरिएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.