5 years ago
February 22, 2021
एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान डेभन कन्वे र स्पिनर ईश सोधीको उत्कृष्ट प्रर्दशनको सहयोगमा घरेलु टोली न्युजिल्यान्डले अष्ट्रेलियाविरुद्ध पहिलो टि२० खेलमा सानदार जित निकालेको छ ।

सोमबार पहिलो टि२० खेलमा अष्ट्रेलियालाई ५३ रनले हराउँदै न्युजिल्यान्डले पाँच टि२० आई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितका लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १७.३ ओभरमा १ सय ३१ रनमा अल आउट भयो ।
अष्ट्रेलिया मिचेल मार्शले ३३ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ४५ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानको प्रर्दशन सम्झन योग्य रहेन । एस्टन अगर २३, भेय रिचर्डसन ११, एडम जाम्पा १३ र म्याथ्यु वेडले १२ रनको योगदान दिए । कप्तान आरोन फिन्च १, जोश फिलिपे २, ग्लेन म्याक्सवेल १ र मार्कस स्टोइनिस ८ रनमा आउट भए ।
न्युजिल्यान्डका लेग स्पिनर ईश सोधीले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए । टिम साउथी र ट्रेन्ट बोल्टले २–२ विकेट लिए । काइल जामिसन र मिचेल सान्टनरको नाममा १–१ विकेट रह्यो ।
त्यसअघि क्राइस्टचर्चमा टस हारेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । न्युजिल्यान्डका डेभन कन्वे ५९ बलमा १० चौका र ३ छक्का सहित ९९ रनमा अविजित रहे । जुन कन्वेको टि२० आई करिअरको उच्च प्रर्दशन हो । मार्टिन गुप्टिल शून्य, टिम सिफर्ट १ र कप्तान केन विलियम्सन १२ रनमा आउट हुँदै १९–३ को खराब अवस्थामा पुगेको न्युजिल्यान्डलाई कन्वेले उत्कृष्ट प्रर्दशनका साथ विशाल योगफलमा पुर्याएका थिए ।
चौथो विकेटका लागि कन्वे र ग्लेन फिलिप्सले ७४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । फिलिप्सले २० बलमा ३ छक्का सहित ३० रनमा क्याच आउट भए । जेम्स निशम १५ बलमा ३ चौका सहित २६ रनमा आउट भए ।
अष्ट्रेलिया तीव्र गतिका बलर ड्यानियल साम्स र भेय रिचर्डसनले २–२ विकेट लिए । मार्कस स्टोइनिसको नाममा १ विकेट रह्यो । दोस्रो टि२० आई खेल बिहिबार हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]