5 years ago
February 23, 2021
एजेन्सी – भारतको अहमदाबादमा विश्वकै सर्वाधिक ठूलो क्रिकेट मैदान मोटेरा स्टेडियममा बुधबार देखि भारत र इंग्ल्यान्डबीच तेस्रो टेष्ट सुरु हुँदैछ ।

मोटेरामा हुने डे नाइट (दिउँसो र रातमा खेल्ने) टेष्ट हेर्न समर्थक उत्साहित र आतुर छन् । झन्डै ७ सय करोड भारुको खर्चमा बनेको उक्त मोटेरा मैदानमा भारत र इंग्ल्यान्डबीच तेस्रो र चौथो टेष्ट र पाँच टि२० आई सिरिज हुने छ । भारत र इंग्ल्यान्डबीच चार टेष्ट सिरिज दुई खेल सकिँदा १–१ को अवस्थामा छ ।
पहिलो टेष्टमा इंग्ल्यान्डमा २ सय २७ रन र दोस्रोमा भारत ३ सय १७ रनले विजयी भएका थिए । यो खेल निकै महत्वपूर्ण छ । आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा पुग्ने आशा कायमै राख्न दुबै टोलीले तेस्रो टेष्ट जित्नै पर्ने हुन्छ । पराजित हुने टोलीको फाइनलमा पुग्ने सम्भावना सकिने समिकरण बनेको छ ।
खेल बराबरीमा सकिएमा इंग्ल्यान्डको सम्भावना पनि सकिने छ । यस खेलसँगै धेरैको ध्यान मैदान र त्यसको संरचनामा हुने छ । इंग्ल्यान्डका तीव्र गतिका बलर स्टुअर्ट ब्रोड खेल्न आतुर हुँदै पेभिलिएन वक्सबाट मैदानमा आउँदै गरेको भिडियो सामाजिक सञ्जालमार्फत समर्थक सामु बाँडी सकेका छन् ।
यस स्टेडियमलाई सरदार पटेल स्टेडियम पनि भनिन्छ । सन् २०१७ देखि निर्माण थालिएको थियो । यस मैदानको उद्धघाटन गतवर्ष अमेरिका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका थिए । एक वर्ष अघिनै तयार भएपनि कोरोना कारण कुनैपनि खेल हुन सकेको थियो । यस मैदान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ठूलो परियोजाना हो । गुजरात क्रिकेट एसोसिएनको स्वामित्वमा छ । विश्वकै सर्वाधिक ठूलो क्रिकेट मैदान मोटेराबारे ६ जानकारी ।
१.विश्वकै सर्वाधिक ठूलो क्रिकेट मैदान
मोरेटा विश्वकै सर्वाधिक ठूलो क्रिकेट स्टेडियममा पर्दछ । १ लाख १० हजार समर्थक अट्ने क्षमता छ । भारत र इंग्ल्यान्डबीचको तेस्रो टेष्टमा ५५ हजार दर्शकलाई प्रवेश गर्न दिइने छ । सबै टिकट विक्री भई सकेका छन् । कोरोना महामारीको कारण ५० प्रतिशत दर्शकलाई मात्र अनुमति दिइएको हो । यस अघि सवैभन्दा ठूलो क्रिकेट मैदान अष्ट्रेलिया मेलबर्न क्रिकेट मैदान रहेको थियो । मेलबर्नको क्षमता १ लाख छ । मोरेटा विश्वकै जुन सकुै दोस्रो ठूलो स्टेडियम समेत हो ।

२. ११ पिच भएको मैदान
मोटेरा मैदानमा ११ क्रिकेट पिच छन् । क्रिकेट मैदानमा हालसम्मकै सर्वाधिक पिच सङ्ख्या हो । सामान्यतया अन्तर्राष्ट्रिय मैदानमा ८ पिच पाइन्छ । पिचको सङ्ख्या मैदानको आकार र क्षमतामा भर पर्ने गर्दछ । मोटेरामा रहेका ११ पिच मध्य पाँच रातो र ६ पिच कालो माटोले बनेको छ । मैदानको सबै पिचमा दुबो र आउटफिल्डमा हरियो ग्रास छ । डे नाइट टेष्ट पिंक बलले खेल्ने गरिन्छ । पिंक बल स्वीङ र वाउन्सबढी हुने हुँदा ब्याट्सम्यानलाई खेल्न सहज पनि हुँदैन । अर्कोतर्फ हरियो दुबो भएको पिचमा पिंक बलको खेल हेर्न लायक हुने छ ।
३. दुई अभ्यास मैदान
मोटेरा बाहेक दुई अभ्यास मैदान पनि छन् । जुन अभ्यास मैदानमा ९–९ वटा पिच छन् । ५–५ मैदान रातो र ४–४ कालो माटोले प्रयोग गरेर बनाईएको छ ।
४. चार ड्रेसिङ रुम
मोटेरा चार ड्रेसिङ रुम छन् । मैदानमा अत्याधुनिक क्लब हाउस, जिमखान, ७६ भिभिआईपी बक्स, स्विमिङपुल, पाटी ऐरिया, लगायतका विभिन्न सेवा सुविधा छन् ।

५. ३६० डिग्रीमा निर्माण
यस मैदान र प्यारापिट ३६० डिग्रीमा बनेको छ । खेल हेर्न पुगेका समर्थक जुन सुकै स्थानबाट प्रष्ट देख्न सक्ने छन् । मैदानमा एलइडिलाइट प्रयोग गरिएको छ । एलइडि लाइट प्रयोग गर्ने भारतीय पहिलो क्रिकेट स्टेडियम समेत हो ।
६.गुजरात क्रिकेट एसोसियनको स्वामित्व
यस मैदानको सामित्व सामित्व (मालिक) गुजरात क्रिकेट एसोसियन हो । अर्थात सबै अघिकार उसको हो । यस मैदान निर्माणको लागि ७ सय करोड भारु खर्च भएको थियो । यस मैदान परिसरमा क्रिकेट बाहेक बक्सिङ, ब्याडमिन्टन, टेनिस, हक्की, फुटबल, भलिबल लगायतका मैदान र कोर्ट पनि बन्ने छन् । मोटेरा मैदानमा खेलाडी उत्पादनको लागि एकेडेमी बनि सकेको छ । स्वीमिङ पुल पनि रहेको छ । विभिन्न सेवा सुविधा छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]