5 years ago
February 24, 2021
एजेन्सी – ओपनर तथा आक्रामक ब्याट्सम्यान क्रिस गेल दुई वर्षपछि वेस्टइन्डिज टोलीमा फर्कने भएका छन् । वेस्टइन्डिजले श्रीलंकासँग हुने तीन टि२० आई सिरिजको लागि गेललाई टोलीमा बोलाउन लागेको बुझिएको छ ।

४१ वर्षिय गेललाई आगमी टि२० विश्वकपलाई लक्षित गर्दै टोलीमा बोलाउन लागिएको हो । गेल हाल पाकिस्तानमा छन् । उनले पाकिस्तान सुपर लिग क्वेटा ग्ल्याडियटर्सबाट खेल्दै सुरुवाती दुई खेलमा राम्रो प्रर्दशनका साथ पूनरागमन गर्न लागेका छन् । गेलले लाहोर कलन्दर्सविरुद्ध ४० बलमा ५ चौका र ५ छक्का सहित ६८ रनको इनिङ खेलेका थिए । गेलले गत नोभेम्बरमा सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) मा किंग्स पन्जाबबाट खेल्दै उत्कृष्ट प्रर्दशन गरेका थिए ।
टि२० विश्वकप आगमी अक्टोवर नोभेम्बरमा भारतमा हुँदै छ । उक्त विश्वकप तयारीमा वेस्टइन्डिज लागेको छ । काइरन पोलार्डको कप्तानीमा रहेको वेस्टइन्डिजले गेललाई पूनरागमनको संकेत दिई सकेको बुझिएको छ । गेल अव स्वदेश फर्किंने छन् । श्रीलंका सिरिज पछि ७ मार्चपछि पुन : पाकिस्तान फर्किंने छन् । वेस्टइन्डिजले श्रीलंकासँग खेल्ने टोली यसै हप्ता घोषणा गर्ने छ । त्यसअघि गेलको फिटनेस परिक्षण हुने छ ।
गेलले वेस्टइन्डिजबाट अन्तिम खेल २०१९ अगष्टमा भारतसँग ओडिआई खेल खेलेका थिए । टि२० भने २०१९ मा इंग्ल्यान्डविरुद्ध खेलेका थिए । त्यसयता वेस्टइन्डिजले गेललाई टोली बाहिर राख्दै आएको थियो । साविक विजेता वेस्टइन्डिज विश्वकप उपाधि जित्ने सोचमा हुने छ । वेस्टइन्डिजले पछिल्लो पटक सम्पन्न २०१६ मा इंग्ल्यान्डलाई हराउँदै टि२० विश्वकप जितेको थियो ।

गेलले गत आइपिएलमा अन्तिम ७ खेल खेल्दै ३ अर्धशतकका साथ २ सय ८८ रन बनाउँदै उत्कृष्ट प्रर्दशन गरेका थिए । गेलले गत फेब्रुअरीमा टि १० मा टिम आबूधाबीबाट मराठा अरेवियन्सविरुद्ध २२ बलमा ९ छक्का र ६ चौका सहित ८४ रनमा अविजित इनिङ खेलेका थिए । जसक्रममा गेलले नेपालका तीव्र गतिका बलर सोमपाल कामीलाई एकै ओभरमा तीन छक्का र दुइ चौका सहित कुल २७ रन जोडेका थिए ।
वेस्टइन्डिज टि२० क्रिकेटको किंग मानिन्छ । गेल टि२० क्रिकेटका राजानै हुन् । गेल टि२० मा वेस्टइन्डिजका सर्वाधिक सफल खेलाडी हुन् । ढल्किदो उमेरका बाबजुद पनि गेलले आफ्नो प्रभाव निरन्तर जमाउँदै आएका छन् । पछिल्लो समय वेस्टइन्डिजले ओपनिङमा आन्द्रे फ्लेचर, ब्रेन्डन किंग, लेन्डन सिमन्स र इभिन लुइस लगायतका खेलाडीलाई मौका दिँदै आएको थियो ।
वेस्टइन्डिजमा गेल, पोलार्ड, निकोलस पुरन, शिम्रन हेटमायर, आन्द्रे रसेल, किंग, फ्लेचर लगायतका आक्रामक ब्याट्सम्यान छन् । जसले एकै ओभरमा खेललाई जितसम्म पुर्याउन सक्ने क्षमता राख्छन् ।
श्रीलंका र वेस्टइन्डिजबीच तीन टि२० आई, तीन ओडिआई र दुई टेष्ट हुने छ । पहिलो टि२० खेल ३ मार्चमा हुने छ । दोस्रो ५ मार्च र तेस्रो ७ मार्चमा हुने छ । पहिलो ओडिआई १०, दोस्रो १२ र तेस्रो १४ मार्चमा हुने छ । दुई टेष्ट अघि दुई दिने अभ्यास हुने छ । पहिलो टेष्ट २१ मार्चदेखि सुरु हुने छ । दोस्रो तथा अन्तिम टेष्ट २९ मार्चदेखि सुरु हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]