default_image

5 years ago

February 24, 2021

इंग्ल्यान्डविरुद्ध भारतको उत्कृष्ट प्रर्दशन

184 views

0 Bookmark

एजेन्सी – भारतले इंग्ल्यान्डविरुद्ध तेस्रो डे-नाइट टेस्ट अन्तर्गत पहिलो दिनको खेल सकिँदा उत्कृष्ट प्रर्दशन गरेको छ । पहिलो दिनको समाप्तिमा भारत ३३ ओभरमा ९९-३ को अवस्थामा छ । समग्रमा भारत पहिलो इनिङमा १३ रनले पछि छ । स्पिनरको दबदबा रहँदा पहिलो दिनमा कुल १३ विकेटको गुम्न पुग्यो ।

भारतका ओपनर रोहित शर्मा ८२ बलमा ९ चौका सहित ५७ रनमा अविजित छन् । अजिंक्या रहाने १ रनमा अविजित छन् । दिनको अन्तिम समयमा स्पिनर ज्याक लेचले कप्तान विराट कोहलीलाई २७ रनमा बोल्ड आउट गरे । विराटले ५८ बलमा ३ चौका प्रहार गरे । तेस्रो विकेटका लागि विराट र रोहितले एक सय बलमा ६४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । ओपनर सुभमन गिल ११ र चेतेश्वर पुजारा शून्यमा आउट भए । ज्याक लेचले २ र जोफ्रा आर्चरले एक विकेट लिए ।

त्यसअघि अहमदाबादस्थित मोटेरा रंगशालामा टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्ड दोस्रो सेसनमा नै १ सय १२ रनमा अलआउट भएको थियो । तेस्रो ओभरमा नै ओपनर डोम सिब्लेको साथ गुमाएको थियो । करिअरको सयौं टेस्ट खेलिरहेका इशान्त शर्माको बलमा सिब्ले खाता नखोली क्याचआउट भए । छैटौं ओभरमा जोनी बेयरस्टो पनि खाता नखोली पेभेलियन फर्केपछि इंग्ल्यान्ड समस्यामा परेको थियो । अक्षर पटेलले उनलाई एलबीडब्लु धरापमा पारेका थिए ।

तेस्रो विकेटका लागि ओपनर ज्याक क्रली र कप्तान जो रुटले ४७ रनको साझेदारी गरे । कप्तान रुट १७ रन जोड्दै रविचन्द्रन आश्विनको बलमा एलबीडब्लु भए । त्यसको तीन ओभरपछि अर्धशतक बनाएका क्रली अक्षर पटेलको बलमा आउट भए । उनले ८४ बलको सामना गर्दै १० चौकाको मदतले ५३ रन जोडे ।

त्यसपछि भरतका स्पिनरले लगातार विकेट खसाले । ओली पोप १ रन, बेन स्टोक्स ६ रन तथा जोफ्रा आर्चर ११ रनमा आउट भए । जाक लिच ३, स्टुआर्ट ब्रोड ३ तथा बेन फोक्स १२ रनमै पेभेलियन फर्किए । भारतका स्पिनर अक्षर पटेलले ६, रवि आश्विनले ३ तथा इशान्त शर्माले १ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.