5 years ago
February 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण अनिश्चित समयलाई स्थगित गरेको छ । दोस्रो चरणको प्रशिक्षण सुरु भएको दुई हप्तामा स्थगित हुन पुगेको हो ।

क्यानले फागुन २२ देखि सुरु हुने काठमाडौं मेयर कप–२०७७ लाई कारण देखाउँदै मंगलबारदेखि स्थगित गरेको जनाएको छ । क्यानले फागुन २ गते देखि दोस्रो चरणको प्रशिक्षणमा २० खेलाडीलाई राखेको थियो ।
‘मेयर कप सकिँदा फागुन पनि सकिन्छ । त्यसपछि तत्काल बोलाउने वातावरण नहुन सक्छ, के निर्णय हुन्छ त्यसमा भरपर्छ’, क्यानका सचिव अशोकनाथ प्याकुरेलले हाम्रो खेलकुदसँग भने, ‘ मेयरकपपछि प्रशिक्षकसँग छलफल गरेर टुंगो लगाउने छौं । झट्ट हेर्दा क्याम्प राखि राख्नु पर्ने परिस्थीति भने देखिदैन । अनिश्चित समयको लागि स्थगित भएको हो, परिस्थिति हेरेर मात्र प्रशिक्षण थाल्ने छौं ।’
नेपालले चैतमा ओमानमा अमेरिकासँग आइसिसी विश्वकप लिग–२ अन्तर्गत एक दिवसिय त्रिकोणात्मक सिरिज खेल्ने तालिका रहेपनि कोरोना महामारीलाई देखाउँदै आइसिसीले स्थगित गरेको थियो । उक्त भ्रमणको लागि क्यानले दुई चरणमा खेलाडी बोलाएको थियो । पहिलो चरणमा २१ र दोस्रो चरणमा २० खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो ।
मेयर कप फागुन २२ देखि २९ गते सम्म टियु र मुलपानी क्रिकेट मैदानमा हुने छ । पाँच टोलीबीच प्रतिस्पर्धा हुने छ । माघमा सम्पन्न प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका चार वटा सेमिफाइनलिस्ट टिमहरू त्रिभुवन आर्मी क्लब, एपीएफ, नेपाल पुलिस क्लब र बाग्मती प्रदेश सँगै काठमाडौं महानगरपालिका टोलीले मेयर कपमा प्रतिस्पर्धा गर्नेछन् ।
महानगरको टोली प्रधानमन्त्री कपमा सहभागी प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका खेलाडी समावेश गरेर तयार हुनेछ । टोलीहरुले सिंगल राउन्ड रोविनमा खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]