default_image

5 years ago

February 25, 2021

गुप्टिलले तोडे रोहितको कीर्तिमान

219 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले भारतीय क्रिकेट टोलीका ओपनर रोहित शर्माको नाममा रहेको टि २० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान तोडेका छन् ।

डुनेडिनमा बिहीबार बिहान सम्पन्न अष्ट्रेलियाविरुद्ध दोस्रो टि २० आई खेलमा गुप्टिलले ५० बलमा ६ चौका र ८ छक्का सहित ९७ रनको इनिङ खेल्ने क्रममा रोहितको कीर्तिमान तोडेका थिए । गुप्टिल टि २० अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् ।

गुप्टिल ९६ खेलको ९२ इनिङमा ब्याटिङ गर्दै कुल १ सय ३२ छक्का साथ टि२० आईमा सर्वाधिक छक्का प्रहार गर्ने सूचिमा शीर्षस्थानमा पुगेका छन् । रोहितले १ सय ८ खेलको १ सय इनिङमा ब्याटिङ गर्दै १ सय २७ छक्का प्रहार गरेका छन् ।

सर्वाधिक छक्का प्रहार गर्ने तेस्रो स्थानमा इंग्ल्यान्डका कप्तान ओईन मोर्गन छन् । मोर्गनले ९४ इनिङमा १ सय १३ छक्का प्रहार गरेका छन् । चौथो स्थानमा न्युजिल्यान्डका ओपनर कोलिन मुनरो छन् । मुनरोले ६२ इनिङमा १ सय ७ छक्का प्रहार गरेका छन् । वेस्टइन्डिजका ओपनर क्रिस गेलले ५४ इनिङमा १ सय ५ छक्का प्रहार गर्दै पाँचौ स्थानमा छन् ।

पहिलो खेलमा ५३ रनले विजयी भएको न्युजिल्यान्डले दोस्रो खेलमा ४ रनको रोमान्चक जित निकाल्दै पाँच टि२० आई खेलको सिरिजमा २–० को अग्रता लिएको छ । तेस्रो खेल मार्च ३ मा हुने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.