5 years ago
February 25, 2021
एजेन्सी – भारतीय क्रिकेट टोलीका २१ वर्षिय युवा ओपनर पृथ्वी शा ले भारतको चर्चित एक दिवसिय विजय हजारे ट्रफी प्रतियोगितामा मुम्बईबाट पुडुचेरीवरुद्ध दोहोरो शतकका साथ कीर्तिमान बनाएका छन् ।

सवाई मानसिंह स्टेडियम जयपुरमा जारी खेलमा मुम्बईले टस हारेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा ४ विकेटको क्षतिमा कुल ४ सय ५७ रन बनायो । पृथ्वी शा ले १ सय ५२ बलमा ३१ चौका र ५ छक्का सहित २ सय २७ रनको अविजित दोहोरो शतकीय इनिङ खेले ।
जुन विजय हजारे ट्रफी इतिहासै सर्वाधिक उच्च व्यक्तिगत स्कोर हो । यसअघि विजय हजारे ट्रफीमा सर्वाधिक व्यक्तिगत स्कोर सन्जु स्यामसनको नाममा थियो । सन् २०१९ मा सन्जु स्यासमनले केरलाबाट गोवाविरुद्ध २ सय १२ रनमा अविजित रहँदै कीर्तिमान राखेका थिए ।
त्यस्तै पृथ्वी लिष्ट ए मा एक इनिङमा सर्वाधिक रन बनाउने कप्तान पनि बनेका छन् । यसअघि उक्त कीर्तिमान दक्षिण अफ्रिका पूर्व क्रिकेटर ग्रिम पोलकको नाममा थियो । पोलकले लिष्ट ए मा कप्तानी गर्दै २ सय २२ रनको अविजित इनिङ खेलेका थिए ।
पृथ्वीले दोहोरो शतक प्रहार गर्दा सूर्यकुमार यादवले ५८ बलमा २२ चौका र ४ छक्का सहित १ सय ३३ रनको आक्रामक शतकीय इनिङ खेले । पाडुचेरीका पंकज सिंहले सर्वाधिक २ विकेट लिए ।
पृथ्वी गत डिसेम्बरमा अष्ट्रेलियाविरुद्ध पहिलो टेष्टमा शून्य र ४ रनमा आउट भएदेखि भारतीय टोली बाहिर छन् ।
शा ले ४६ औं ओभरको पहिलो बलमा एक रन बटुल्दै लिष्ट ए करिअरको पहिलो दोहोरो शतक पूरा गरेका थिए । नियमित कप्तान श्रेयस ऐरलाई विश्राम दिएपछि पृथ्वीले पहिलो पटक मुम्बईको सिनियर टोलीको कप्तानी गरि रहेका छन् । जारी सिजनमा पृथ्वी को यो दोस्रो शतक हो । यसअघि गत आइतबार दिल्लीविरुद्ध १ सय ५ रनको अविजित इनिङ खेलेका थिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]