default_image

5 years ago

February 25, 2021

भारत १० विकेटले विजयी

153 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डविरुद्ध तेस्रो टेष्ट खेलमा घरेलु टोली भारत १० विकेटले विजयी भएको छ । यो सँगै चार टेष्ट खेलको सिरिजमा भारतले २–१ को अग्रता लिएको छ । यो हारसँगै इंग्ल्यान्डको आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा पुग्ने सम्भावना सकिएको छ ।

जितका लागि सामान्य ४९ रनको लक्ष्य भारतले ७.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । भारतका ओपनर रोहित शर्मा २५ बलमा ३ चौका र १ छक्का सहित २५ रनमा अविजित रहे । सुभमन गिल २१ बलमा १ चौका र १ छक्का सहित १५ रनमा अविजित रहे । पहिलो दिन १३ विकेट पतन हुँदा दोस्रो दिन १७ विकेट गुमेको थियो । भारतले दोस्रो दिनमै सहज जित हात पार्दै टेष्ट च्याम्पियनसिफको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अन्तिम खेलको नतिजाले निर्धारण गर्ने छ ।

इंग्ल्यान्ड दोस्रो इनिङमा ३०.४ ओभरमा ८१ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका बेन स्टोक्सले सर्वाधिक २५ रनको योगदान दिए । स्टोक्सले ३४ बलमा ३ चौका प्रहार गरे । जो रुट १९ र ओली पोप १२ रनमा आउट भए । अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । पहिलो ओभरमै ओपनर ज्याक क्रली र जोनी बेयरस्टो शून्यमा आउट भएका थिए । डोम सिब्ले ७, बेन फोक्स ८, ज्याक लेच ९ र जोफ्रा आर्चर शून्य मा आउट भए । भारतका स्पिनर अक्षर पटेलले ५ र रविचन्द्रन आश्विनले ४ विकेट लिए ।

भारत दोस्रो दिनमै पहिलो इनिङमा ५३.२ ओभरमा १ सय ४५ रनमा अल आउट हुँदै ३३ रनको अग्रता लिएको थियो । भारतका रोहित शर्माले सर्वाधिक ६६ रनको योगदान दिए । रोहितले ९६ बलमा ११ चौका प्रहार गरे । सुभमन गिल ११, विराट कोहली २७ र आश्विन १७ रनमा आउट भए । अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । इंग्ल्यान्डका कप्तान जो रुटले ५ र ज्याक लेचले ४ विकेट लिए ।

त्यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्ड दोस्रो सेसनमा नै १ सय १२ रनमा अलआउट भएको थियो । तेस्रो ओभरमा नै ओपनर डोम सिब्लेको साथ गुमाएको थियो । करिअरको सयौं टेस्ट खेलिरहेका इशान्त शर्माको बलमा सिब्ले खाता नखोली क्याचआउट भए । छैटौं ओभरमा जोनी बेयरस्टो पनि खाता नखोली पेभेलियन फर्केपछि इंग्ल्यान्ड समस्यामा परेको थियो । अक्षर पटेलले उनलाई एलबीडब्लु धरापमा पारेका थिए ।

तेस्रो विकेटका लागि ओपनर ज्याक क्रली र कप्तान जो रुटले ४७ रनको साझेदारी गरे । कप्तान रुट १७ रन जोड्दै रविचन्द्रन आश्विनको बलमा एलबीडब्लु भए । त्यसको तीन ओभरपछि अर्धशतक बनाएका क्रली अक्षर पटेलको बलमा आउट भए । उनले ८४ बलको सामना गर्दै १० चौकाको मदतले ५३ रन जोडे ।

त्यसपछि भरतका स्पिनरले लगातार विकेट खसाले । ओली पोप १ रन, बेन स्टोक्स ६ रन तथा जोफ्रा आर्चर ११ रनमा आउट भए । जाक लिच ३, स्टुआर्ट ब्रोड ३ तथा बेन फोक्स १२ रनमै पेभेलियन फर्किए । भारतका स्पिनर अक्षर पटेलले ६, रवि आश्विनले ३ तथा इशान्त शर्माले १ विकेट लिए ।

पहिलो टेष्टमा इंग्ल्यान्डमा २ सय २७ रन विजयी र दोस्रोमा ३ सय १७ रनले पराजित भएको थियो । चौथो तथा अन्तिम टेष्ट खेल ४ मार्चदेखि सुरु हुने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.