5 years ago
February 26, 2021
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्वकप छनोटको विश्वव्यापी प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने भएको छ । आइसिसीले विश्वव्यापी लाइभको लागि सन् २०२३ अप्रिलसम्म सम्झौता गरेको छ ।

आइसिसीले विश्वकपका तीन प्रतियोगिता अन्तर्गत आइसिसी विश्वकप २०२३, वुमन्स टि२० विश्वकप र २०२३ र आइसिसी टि२० विश्वकप २०२२ का सबै छनोट प्रतियोगिता लाइभ हुने छ । कुल ५ सय ४१ खेल प्रत्यक्ष प्रसारण हुनेछन् । वुमन्सका १ सय ४५ खेल हुने छन् । ८० एसोसिएट देशका ४१ छनोटका खेलहरु हुने छन् ।
आइसिसीका पाँच क्षेत्रीय अफ्रिका, अमेरिका, एसिया, युरोप र इस्ट एसिया छनोट छन् । झन्डै ५० एसोसिएट देश पहिलो पटक विश्वव्यापी प्रतिस्पर्धामा सहभागी हुँदैछन् । हंगेरी, रोमानिया र सर्बिया पहिलो पटक आइसिसीको टि२० विश्वकप छनोट खेल्दैछन् ।
आइसिसी वुमन्स टि२० विश्वकप २०२३ छनोटको पथमा आठ टोली पहिलो पटक आइसिसीको प्रतियोगितामा डेब्यू गर्दैछन् । जसमा भुटान, म्यानमार, फ्रान्स, टर्की, फिलिपिन्स, बोत्सवाना, क्यामेरुन र मलावीले पहिलो पटक खेल्दैछन् ।
नेपालले आइसिसी विश्वकप छनोट सन् २०२३ सम्म तीन खेल खेल्नेछ । पुरुष टोलीले आइसिसी विश्वकप लिग–२ प्रतियोगिता खेलि रहेको छ । जुन सन् २०२३ सम्म चल्नेछ । पुरुष टोलीले सन् २०२२ मा टि२० विश्वकप ग्लोबल छनोट खेल्नेछ । महिला टोलीले आगमी सेप्टेम्बरमा टि२० विश्वकप २०२३ को लागि एसिया छनोट खेल्ने कार्यक्रम छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]