default_image

5 years ago

February 27, 2021

एलपिएलमा १६ टोलीको सहभागिता

176 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – धनगढीमा शनिबार चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) – ५ सुरु हुँदैछ । आयोजक लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्ट्सले शुक्रबार पत्रकार सम्मेलनमार्फत विद्यालय स्तरको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो

प्रतियोगिताको ट्रफी सार्वजनिक गर्दै धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे । उनले धनगढी उपमहानगरले राष्ट्र, स्वास्थ्य र समाजका लागि समेत खेलकुद भन्ने नीति अवलम्बन गरेकाले यस्ता प्रतियोगिताले निरन्तरता पाउनुपर्नेमा जोड दिए ।

धनगढीको संघीय प्रहरी इकाई कार्यालयको मैदानमा सञ्चालन हुने प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको छ । जसमा स्थानियतबाहेक काठमाडौँ र कञ्चनपुरका समान २, रुपन्देहीको १, दाङको १ र कैलालीका १० विद्यालयको सहभागिता छ । प्रतियोगिताको उद्घाटन खेलमा शनिवार आयोजक लिटल फ्लावर र कैलालीको गेटामा रहेको विद्या भूषणबीच प्रतिस्पर्धा हुनेछ ।

सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा काठमाडौँको हिमालयन ह्याइट हाउस, धनगढी तारा नगरमा रहेको शारदा विद्या निकेतन, काठमाडौँको नेक्सस इन्टरनेसनल एकेडेमी र कञ्चनपुरको महेन्द्रनगरमा रहेको लिटल बुद्ध एकेडेमी छन् ।

त्यस्तै समूह ‘बी’ मा धनगढी २ मा रहेको लिटल फ्लावर इङ्लिस बोर्डिङ स्कुल, धनगढीको शारदा माध्यमिक विद्यालय वैयावेहडी, धनगढीकै त्रिनगर माध्यमिक विद्यालय र विद्या भूषण पब्लिक स्कुल गेटा छन् ।

धनगढीको स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल, कञ्चनपुरको शारदा सरस्वती माध्यमिक विद्यालय दोधारा, धनगढी नमुना माध्यमिक विद्यालय धनगढी र अत्तरियाको होल्याण्ड इङ्लिस बोर्डिङ स्कुल समूह ‘सी’मा छन् ।

त्यस्तै समूह ‘डी’ मा कैलालीको बौनियामा रहेको नव बालबाटिका विद्या मन्दिर, रुपन्देहीको न्यु एकेडेमी बोर्डिङ स्कुल, दाङको रोजी बर्ड्स बालबाटिका सेकेण्डरी बोर्डिङ स्कुल र कैलालीको लम्कीमा रहेको गुरुकुल इङ्लिस मिडियम स्कुल छन् ।

फागुन २९ गते सम्म चल्ने प्रतियोगिता राउन्ड रोविन लिगपछि समूहको शीर्ष टोली सेमिफाइनल पुग्नेछन् । प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख २० हजार दोस्रो टोलीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार,उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई समान ५ हजार तथा हरेक खेलको म्यान अफ दि म्याचले १ हजार ५ सय पाउने बताइएको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.