default_image

5 years ago

February 27, 2021

सन्दीपले पाकिस्तान सुपर लिग खेल्ने!

170 views

0 Bookmark

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) खेल्ने भएका छन् । सन्दीप पुरानै टोली लाहोर कलन्दर्सबाट प्रतियोगिताको बाँकी खेल खेल्न शनिबार पाकिस्तान प्रस्थान गर्न लागेका हुन् ।

सन्दीपको व्यवस्थापन सम्हाल्दै आएका रमण शिवाकोटीका अनुसार शुक्रबार साँझ मात्र सन्दीपको सम्झौता पक्का भएको थियो । लाहोरका स्पिनर राशिद खान अन्तर्राष्ट्रिय ड्युटीमा अफगानिस्तान जानु परेपछि लाहोरले सन्दीपलाई भित्र्याएको हो । सन्दीप शनिबार कतार एअरवेजमार्फत दोहा हुँदै प्रतियोगिता स्थल कराँची पुग्नेछन् ।

यसअघि सन्दीपले पिएसएल ड्राफ्टमा सर्वाधिक महँगो प्लाटिनम क्याटगोरीमा थिए । ड्राफ्टमा नेपालबाट सन्दीपसहित पूर्वकप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कप्तान ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, पारस खड्का, अभिनाष बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख सहभागी थिए ।

लाहोर कलन्दर्सले जारी प्रतियोगितामा ३ खेल खेल्दै २ जित र १ हारको नतिजासहित अंक तालिकामा तेस्रो स्थानमा छ । लाहोरले आइतबार कराची किंग्ससँग खेल्दैछ । सन्दीपले कहिलेदेखि खेल्ने भन्नेबारे प्रष्ट भएको छैन ।

सन्दीपले यसअघि सन् २०१९ मा पनि लाहोरबाट खेलेका थिए । त्यसबेला लाहोर अंक तालिकाको पुछारमा रहेको थियो । सन्दीपले ७ खेलमा ११ विकेट लिएका थिए । अघिल्लो सिजन भने उनलाई कुनै टोलीले ड्राफ्टबाट लिएको थिएन ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.