5 years ago
February 27, 2021
एजेन्सी – आक्रामक ओपनर क्रिस गेल र तीव्र गतिका बलर फिडेल एडवार्ड्सले वेस्टइन्डिज टोलीमा पूनरामगन गरेका छन् ।

वेस्टइन्डिजले घरेलु मैदानमा श्रीलंकाविरुद्ध हुने तीन टि२० आई र ओडिआई सिरिजलाई काइरन पोलार्डको कप्तानीमा टोली घोषणा गरेको छ । गेलले दुई र एडवर्ड्सले ९ वर्षपछि राष्ट्रिय टोलीमा पूनरागमन गरेका हुन् । यी दुबै खेलाडीलाई टि२० खेलमा मौका दिएको छ ।
४१ वर्षिय गेल र ३९ वर्षिय एडवर्ड्सले फ्रेन्चाइज लिगमा लगातार उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । टि२० विश्वकप आगमी अक्टोवर नोभेम्बरमा भारतमा हुँदै छ । विश्वकप तयारीमा जुटेको वेस्टइन्डिजले दुई नयाँ अनुहारलाई मौका दिँदा अलराउन्डर आन्द्रे रसेल, ब्याट्सम्यान शिम्रन हेटमायर, तीव्र गतिका बलर ओशान थोमस र शेल्डन कटरेललाई भने टोली बाहिर राखेको छ ।
पोलार्डको कप्तानीमा रहेको वेस्टइन्डिजले श्रीलंकाविरुद्ध पहिलो रोजाईको नाम सार्वजनिक गरेको छ । गत महिना बंगलादेश भ्रमणमा वेस्टइन्डिजले दोस्रो रोजाईका खेलाडी पठाएको थियो । विश्वचर्चित अलराउन्डर आन्द्रे रसेललाई गत महिना कोभिड १९ संक्रमण देखिएको थियो । रसेलको स्वास्थ्व अवस्था सुधारको क्रममा रहेको वेस्टइन्डिजले जनाएको छ ।

युवा ब्याट्सम्यान शिम्रन हेमायर, तीव्र गतिका बलर ओशान थोमस, शेल्डन कटरेल र अलराउन्डर रोस्टन चेश न्यूनतम फिटनेश परिक्षणमा फेल भएपछि टोलीमा नरहेको बोर्डले जनाएको छ । स्पिनर केविन सिन्क्लेयर र अकील होसिन पहिलो पटक टोलीमा परेका छन् ।
गेलले वेस्टइन्डिजबाट अन्तिम खेल २०१९ अगष्टमा भारतसँग ओडिआई खेल खेलेका थिए । टि२० भने २०१९ मार्चमा मा इंग्ल्यान्डविरुद्ध खेलेका थिए । एडवर्ड्सले सन् २०१२ मा सेप्टेम्बरमा श्रीलंकाविरुद्ध टि२० अन्तिम खेल खेलेका थिए ।
श्रीलंका र वेस्टइन्डिजबीच तीन टि२० आई, तीन ओडिआई र दुई टेष्ट सिरिज हुने छ । पहिलो टि२० खेल ३ मार्चमा हुने छ । दोस्रो ५ मार्च र तेस्रो ७ मार्चमा हुने छ । पहिलो ओडिआई १०, दोस्रो १२ र तेस्रो १४ मार्चमा हुने छ । दुई टेष्ट अघि दुई दिने अभ्यास हुने छ । पहिलो टेष्ट २१ मार्चदेखि सुरु हुने छ । दोस्रो तथा अन्तिम टेष्ट २९ मार्चदेखि सुरु हुने छ ।
वेस्टइन्डिजको टि२० टोली :
काइरन पोलार्ड (कप्तान), निकोलस पुरन, फबिएन एलेन, ड्यारेन ब्राभो, फिडेल एडवर्ड्स, क्रिस गेल, आन्द्रे फ्लेचर, जेसन होल्डर, अकील होसिन, इभिन लुइस, ओबेड म्याक्वे, रोभमान पवेल, लेन्डन सिमन्स र केविन सिन्क्लेयर
वेस्टइन्डिजको ओडिआई टोली :
काइरन पोलार्ड (कप्तान), शाई होप, फबिएन एलेन, ड्यारेन ब्राभो, जेसन होल्डर, अकील होसिन, अल्जारी जोशेफ, इभिन लुइस, काइल मेयर्स, जेसन मोहम्मद, निकोलस पुरन, रोमारियो सेफर्ड र केविन सिन्क्लेयर
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]