5 years ago
February 27, 2021
काठमाडौं (हाम्रो खेलकुद)- महोत्तरी जिल्ला क्रिकेट संघले स्व. विशाल गुप्ता एवम कुन्दन सिंह मेमोरियल जिल्ला अन्तर पालिका स्तरीय क्रिकेट प्रतियोगिता-२०७७ आयोजना गर्ने भएको छ ।

शनिवार एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत्र २२ देखि जलेश्वर रंगशालामा सुरु हुने महोत्तरी क्रिकेट संघका अध्यक्ष तथा नेपाल क्रिकेट संघ (क्यान) का कोषाअध्यक्ष रोशन कुमार सिंहले जानकारी दिए ।प्रतियोगिता कुल बजेट ३२ लाख छ । प्रतियोगितामा सहभागी हुन पालिकाले चैत्र १० सम्म आवेदन दिन सक्ने छन् ।
प्रतियोगिता ५० ओभरको हुने छ । प्रतियोगिता विजेताले १ लाख र ५१ हजार पाउने छन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले १०-१० हजार प्राप्त गर्ने छन् । उदीयमान खेलाडीले १५ हजार पाउने छन् । प्रतियोगिता मुख्य उदेश्य महोत्तरी जिल्लाको क्रिकेट विकास गर्ने रहेको अध्यक्ष रोशनले बताए ।
‘गाउँ गाउँ टोल टोलवाट नयाँ उर्जावान, गुणवान, प्रतिभावान खेलाडी उत्पादन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य राखेका छौं । यसले गा्रस रुटको क्रिकेट विकाशमा ठूलो योगदान पुर्याउने छ’, रोशनले भने ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]