5 years ago
February 27, 2021
एजेन्सी– भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराहले इंग्ल्यान्डविरुद्ध चौथो टेष्ट नखेल्ने भएका छन् । बुमराहले ब्यक्तिगत कारण देखाउँदै चौथो टेष्टमा उपलब्ध हुन नसक्ने जनाएपछि भारतीय क्रिकेट कन्ट्रोन्ल बोर्ड (बिसिसिआई) ले उनलाई फुकुवा गरेको छ ।

बुमराह नहुँदा मोहम्मद शिराज वा उमेश यादव मध्य एकले मौका पाउने छन् । बुमराहले इंग्ल्यान्डविरुद्ध पाँच टि२० आई र तीन ओडिआई सिरिज पनि खेल्ने छैनन् । टि२० आई सिरिजको टोली घोषणा भइसक्दा ओडिआईको भने हुँन बाँकी छ ।
चौथो टेष्ट अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा मार्च ४ देखि सुरु हुने छ । चार टेष्ट खेलको सिरिजमा भारतले तीन खेल सकिँदा २–१ को अग्रता लिएको छ । आइसिसी विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन भारतलाई अन्तिम खेलमा जित वा वराबरी पर्याप्त हुने छ ।
भारत अन्तिम खेलमा पराजित भएको खण्डमा भने अष्ट्रेलिया फाइनलमा पुग्ने छ । टेष्ट च्याम्पियनसिपको फाइनल आगमी जुनमा लर्ड्समा हुने छ । न्युजिल्यान्डले फाइनलमा स्थान बनाइसकेको छ ।
पहिलो खेलमा इंग्ल्यान्ड २ सय २७ रनले विजयी भएको थियो । दोस्रो खेलमा भारत ३ सय १४ र तेस्रो खेलमा १० विकेटले विजयी हुँदै सिरिजमा अग्रता लिएको छ । अहमदाबादको पिचको स्तरलाई लिएर भने चर्को आलोचना भई रहेको छ ।
पाँच टि२० आई खेल पनि अहमदाबादमै हुने कार्यक्रम छ । पिचको स्तर हेर्दा सर्ने सम्भावना पनि देखिन्छ । तीन ओडिआई सिरिज भने महाराष्ट्र क्रिकेट एसोसियसन पुणेमा हुने तय छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]