default_image

5 years ago

February 27, 2021

आइपिएल पाँच सहरमा गर्ने तयारी

140 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ भारतका पाँच सहरमा हुने सम्भावना छ । भारती क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) र आइपिएल गवर्निंग काउन्सिलबीच कहाँ, कहिले र कति सहरमा गर्ने भन्ने छलफलमै रहेको छ ।

आइपिएल २०२० कोरोना महामारीको कारण संयुक्त अरव इमिरेट्स (यूएई) मा गत नोभेम्बरमा सम्पन्न भएको थियो । यस सिजन भारतमा हुने छ । आइपिएलमा ८ फ्रेन्चाइज टोली छन् । यसअघि आठ फ्रेन्चाइज टोलीले आफ्नो होम अवे मैदानमा खेल्दै आएका थिए । तर कोरोना महामारीको कारण यस सिजन भने सिमित सहरमा गर्ने तयारी भई रहेको छ ।

आइपिएल आयोजनाबारे बिसिसिआईले शुक्रबार फ्रेन्चाइज टोलीसँग छलफल गरेको थियो । चेन्नई, अहमदाबाद, कोलकाता, दिल्ली र बेंगलोर अस्थायी रुपमा रहेको बिसिसिआईले जनाएको थियो । तर निश्चित भने गरेन । मुम्बईको विषयमा भने महाराष्ट्र सरकारसँग छलफल जारी छ । कोरोना महामारीको दोस्रो लहरको प्रभाव महाराष्ट्रमा बढी देखिएको हुँदा मुम्बईमा जोखिम उच्च बताइएको थियो । आइपिएल अप्रिल दोस्रो सातादेखि सुरु हुने सम्भावना छ । २०२२ देखि आइपिएलमा १० टोली हुने छन् ।

यस सिजनको आइपिएलको लागि अक्सन गत फेब्रुअरी १८ मा सकिएको थियो । चेन्नईमा सम्पन्न अक्सनमा दक्षिण अफ्रिका अलराउन्डर क्रिस मोरिस सर्वाधिक महँगो मूल्यमा अनुबन्ध भएका थिए । मोरिसलाई राजस्थान रोयल्सले आइपिएल इतिहासकै सर्वाधिक रकम १६ करोड २५ लाखमा किनेको थियो ।

रोयल च्यालेन्जर्स बेंगलोरले न्युजिल्यान्डका तीव्र गतिका बलिङ अलराउन्डर काइल जामिसनलाई १५ करोड भारु र अष्ट्रेलिया ग्लेन म्याक्सवेललाई १४ करोड २५ लाख भारुमा अनुबन्ध गरेको थियो । अष्ट्रेलिया तीव्र गतिका बलर झेय रिचर्डसनलाई पन्जाबले अक्सनमा १४ करोड भारुमा अनुबन्ध गरेको थियो । नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई कुनैपनि टोलीले खरिद गरेनन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.