default_image

5 years ago

February 28, 2021

लिटल फ्लावर प्रिमियर लिग : शारदा र होल्याण्ड विजयी

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिगमा आइतबार शारदा विद्या निकेतन र होल्याण्ड स्कुल विजयी भएका छन् ।

आइतबार पहिलो खेलमा धनगढीको शारदा विद्या निकेतनले कञ्चनपुरको लिटल बुद्धलाई २६ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको शारदाले निर्धारित २० ओभरमा ९ विकेटको गुमाउँदै १ सय ६६ रन बनायो ।शीर्षक्रमका ब्याट्सम्यान दिनेश ओडले सर्वाधिक ९२ रनको पारी खेले । अर्जुन साउँदले २५ र विराट सेवाले १६ रन बनाए । लिटल बुद्धका लागि सागर भण्डारीले ३ र सागर थापाले २ विकेट लिए ।

जितका लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको लिटल बुद्धले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४० रन बनाउन सक्यो । लिटल बुद्धका लागि रोयल बमले सर्वाधिक ४६ रन बनाए । कप्तान आयुष्मान बम र सागर भण्डारीले २०/२० रन बनाए । शारदाको जितमा दीपक रोकायाले ३ विकेट लिए । खेलका म्यान अफ द म्याच शारदाका दिनेश ओड चुनिए ।

आईतवार दोस्रो खेलमा होल्याण्ड स्कुलले स्टेपिङ स्टोनलाई ९ विकेटले पराजित गर्यो । टस हारेर ब्याटिङको निम्तो पाएको स्टेपिङले १५.५ ओभरमा ८६ रनमा अल आउट भयो । उस्का अभिषेक कुँवरले २६ र आर्यन दानपालीले १३ रन बनाए । होल्याण्डका अशोक धामीले ४ र श्याम साउँदले २ विकेट लिए ।

जितका लागि ८७ रनको विजयी लक्ष्य पछ्याएको होल्याण्डले ८ दशमलव २ ओभरमा १ विकटको क्षतीमा लक्ष्य भट्टायो । होल्याण्डको जितमा गौरवसिंह रावतले अविजित रहदै ५५ रन बनाए । खेलका म्यान अफ द म्याच होल्याण्डका अशोक धामी भए ।

लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भईरहेको पाँचौ संस्करणको प्रतियोगितामा सोमबार दुई खेल हुने छन् । प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता छ ।

प्रतियोगिताको विजेताले एक लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले ६० हजार प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । यस्तै उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही ५-५ हजार प्रदान गरिने छ । म्यान अफ दि म्याचले १ हजार ५ सय पाउने छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.