5 years ago
February 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) को आगमी संस्करण असोजमा हुने भएको छ । गत फागुनमा कोरोना भाइरसको कारण अनिश्चित समयको लागि स्थगित भएको इपिएल अब असोजमा हुने भएको छ ।

प्रतियोगिता असोज ९ देखि २३ सम्म (सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म) हुने आयोजकले जनाएको छ । इपिएल भारतमा हुने टि२० विश्वकप अघि हुनेछ । टि २० विश्वकप आगमी अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म भारतमा हुँदैछ । प्रतियोगिता काठमाडौंमा हुनेछ ।
कोरोना महामारी अघि इपिएल चैत १ देखि १५ गते सम्म हुने तय भएपनि अन्तिममा अनिश्चित समयको लागि स्थगित हुन पुगेको थियो । प्रतियोगितालाई नेपाल क्रिकेट संघ(क्यान) ले स्वीकृति दिएको छ । इपिएलमा ललिपुर प्याट्रियट्स, काठमाडौं, किंग्स इभाभेन, विराटनगर वारियर्स, चितवन टाइगर्स, पोखरा राइनोज र भैरहवा ग्लाडियटर्स गरि ६ टोली छन् ।
कोरोना अघि इपिएलमा पोखरा राइनोजले वेस्ट इन्डिजका विश्फोटक ब्याट्सम्यान क्रिस गेल, केसरिक विलियम्स र स्कटल्याण्डका ओपनर जर्ज मुन्शेलाई अनुबन्ध गरेको थियो । भैरहवा ग्ल्याडियटर्सले वेस्ट इन्डिजका ड्वेन स्मिथ, ललितपुर प्याट्रीयट्सले पाकिस्तानका हमाद हसन, हसन खान, मिर हाम्जा र श्रीलंका उपुल थरंगालाई टोलीमा भित्र्याएको थियो ।
काठमाडौं किंस ११ ले केभीन ओ ब्रायनको नाम सार्वजनिक गर्दा अन्य विदेशी खेलाडीको नाम सार्वजनिक गरेको थिएन । चितवन टाइगर्समा अफगानिस्तानका मोहम्मद शाहजाद, पल स्टिर्लिङ खेल्ने पक्का भएको थियो । पारस खड्का कप्तान रहेको विराटनगर वारियर्सले भने कुनै विदेशी खेलाडीको नाम सार्वजनिक गरेको थिएन ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]