default_image

5 years ago

February 28, 2021

राष्ट्रिय टोलीमा फर्कन तयार छैनन् नारायण

167 views

0 Bookmark

एजेन्सी – स्पिनर सुनिल नारायण वेस्टइन्डिजको टोलीमा पूनरागमन गर्न तयार नभएको छनोट समितिले जनाएको छ । वेस्टइन्डिजले श्रीलंकाविरुद्ध यसै सातादेखि सुरु हुने तीन टि२० आई सिरिजको लागि काइरन पोलार्डको कप्तानीमा टोली घोषणा गरेको छ ।

घोषणा भएको टोली अक्टोबर-नोभेम्बरमा भारतमा हुने टि२० विश्वकप केन्द्रित छ । स्पिनरमा नारायण पनि एक प्रमुख दाबेदार हुन् । विश्व चर्चित फ्रेन्चाइज लिग निरन्तर खेल्दै आएका नारायण दुई वर्षदेखि राष्ट्रिय टोली बाहिर छन् । नारायण टोलीमा नहुनुको मुख्य कारण उनी तयार नभएको छनोट समितिले जनाएको छ ।

नारायण आफैंले टोलीमा फर्कन तयार नभएको संकेत दिएको वेस्टइन्डिजका छनोटकर्ता रोजर हार्परले बताएका छन् । ‘नारायण आफ्नो खेललाई अझैपनि राम्रो गर्ने तयारी गरिरहेका छन् । उनी आफैं तयार हुने छन् । उनी तयार नहुँदा हामीले श्रीलंकाविरुद्ध उनलाई सोचेनौं’, छनोटकर्ता हार्परले भनेका छन् ।

नारायणले वेस्टइन्डिजबाट अन्तिम पटक भारतविरुद्ध २०१९ अगष्टमा टि२० खेल खेलेका थिए । त्यसयता वेस्टइन्डिजको टोलीमा छैनन् । ओडिआईमा भने नारायण २०१६ यता स्थान बनाउन सकेका छैनन् ।

नारायणले वेस्टइन्डिजको घरेलु प्रतियोगिता सुपर ५० कप बाट ट्रिनिडाड र टोबागो खेलेका थिए । चोटका कारण फाइनल भने खेल्न सकेनन् । नारायणले आइपिएल कोलकाता नाइट राइडर्सबाट खेल्ने गर्दछन् । नारायणको अनुपस्थीतिमा वेस्टइन्डिजले स्पिनरको रुपमा फबियन एलेन, अकील होसिन र केविन सिन्क्लेयरलाई मौका दिएको छ ।

वेस्टइन्डिजले घरेलु मैदानमा श्रीलंकाविरुद्ध हुने तीन टि२० आई र ओडिआई सिरिजलाई काइरन पोलार्डको कप्तानीमा टोली घोषणा गरेको छ । गेलले दुई र तीव्र गतिका बलर फिडेल एडवर्ड्सले ९ वर्षपछि राष्ट्रिय टोलीमा पूनरागमन गरेका छन् ।

नारायणसँगै अलराउन्डर आन्द्रे रसेल, ब्याट्सम्यान शिम्रन हेटमायर, तीव्र गतिका बलर ओशान थोमस र शेल्डन कटरेल लगायतका चर्चित नाम अटाएका छैनन् । विश्व चर्चित अलराउन्डर आन्द्रे रसेललाई गत महिना कोभिड १९ संक्रमण देखिएको थियो । रसेलको स्वास्थ्य अवस्था सुधारको क्रममा रहेको वेस्टइन्डिजले जनाएको छ ।

युवा ब्याट्सम्यान शिम्रन हेमायर, तीव्र गतिका बलर ओशान थोमस, शेल्डन कटरेल र अलराउन्डर रोस्टन चेश न्यूनतम फिटनेश परिक्षणमा फेल भएपछि टोलीमा नपरेका हुन् । श्रीलंका र वेस्टइन्डिजबीच तीन टि२० आई, तीन ओडिआई र दुई टेष्ट सिरिज हुने छ । पहिलो टि२० खेल ३ मार्चमा हुनेछ । दोस्रो ५ मार्च र तेस्रो ७ मार्चमा हुनेछ ।

पहिलो ओडिआई १०, दोस्रो १२ र तेस्रो १४ मार्चमा हुनेछ । दुई टेष्ट अघि दुई दिने अभ्यास हुनेछ । पहिलो टेष्ट २१ मार्च तथा दोस्रो तथा अन्तिम टेष्ट २९ मार्चदेखि सुरु हुनेछ ।

वेस्टइन्डिजको टि२० टोली :

काइरन पोलार्ड (कप्तान), निकोलस पुरन, फबिएन एलेन, ड्यारेन ब्राभो, फिडेल एडवर्ड्स, क्रिस गेल, आन्द्रे फ्लेचर, जेसन होल्डर, अकील होसिन, इभिन लुइस, ओबेड म्याक्वे, रोभमान पवेल, लेन्डन सिमन्स र केविन सिन्क्लेयर

वेस्टइन्डिजको ओडिआई टोली :

काइरन पोलार्ड (कप्तान), शाई होप, फबिएन एलेन, ड्यारेन ब्राभो, जेसन होल्डर, अकील होसिन, अल्जारी जोशेफ, इभिन लुइस, काइल मेयर्स, जेसन मोहम्मद, निकोलस पुरन, रोमारियो सेफर्ड र केविन सिन्क्लेयर

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.