9 years ago
October 9, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइसिसी महिला विश्वकप छनोटको पहिलो खेलमा आज आयोजक हङकङसँग ६ विकेटले पराजित भएको छ । ७८ रनको लक्ष्य पछ्याएको हङकङले १६.३ ओभरमा ४ विकेट गुमाएर प्राप्त गरेको थियो ।
हङकङका लागि ओपनर सि वान यिपले सर्वाधिक ३३ रन बनाएकी थिइन् । त्यस्तो यासमिन दासवानीले १३ रन बनाइन् । अर्की ओपनर कारे चानले ६ रन जोडिन् । सानजिन शाहजद ११ र मारिको हिल १० रनमा रहँदा हङकङ विजयी भएको थियो । नेपालका लागि निर्मला शाहीले २ तथा करुणा भण्डारीले १ विकेट लिएकी थिइन् ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ४ बल अघि ७७ रन जोड्दै अलआउट भएको थियो । नेपालका लागि सबैभन्दा बढी निर्मला शाहीले ३२ रनमा १८ रन बनाइन् । कप्तान रुविन क्षेत्रीले १४ बलमा १२ रन थपिन् । १९ बल खेल्दै रश्मी चौलागाईले ११ रन बनाइन् । १० बल खेलेकी इन्दु बर्माले १० बलमा २ चौकासहित ९ रन बनाइन् । ओपनर ज्योति पाण्डे १ र सीता मगर ४ रन बनाएर आउट भइन् । सरिता मगरले ४ पूर्व कप्तान नेरी थापा २ रन जोडिन् । अर्को पूर्व कप्तान नीरा राजोपाध्यायले खाता खोल्न सकिनन् । नीरा, इन्दु र सरिता रनआउट भएका थिए । सवनम राईले पनि खाता खोल्न सकिनन् । करुणा भण्डारी ५ रनमा अविजित रहिन् ।
आयोजकका लागि मारिको हिल, चान का मन र चान सु हारले समान २ दुई विकेट लिए । कारे चानले समान १ विकेट लिए ।
त्यसअघि अर्को खेलमा थाइल्यान्डले चीनलाई ७५ रनले हराएको छ । पहिले ब्याटिङ गरेको थाइल्यान्डले ६ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । जवाफमा चीनले १२.१ ओभरमा सबै विकेट गुमाएर ३२ रन मात्र बनायो । नेपाल र थाइल्यान्डबीच सोमबार प्रतिस्पर्धा हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]