default_image

5 years ago

March 1, 2021

गौतम बुद्ध रंगशाला खर्च र आम्दानी सार्वजनिक

227 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा चितवन भरतपुरको शान्तिपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माणमा हालसम्म ४३ करोड खर्च भई सकेको छ ।

सोमबार एक पत्रकार सम्मेलन गर्दै फाउन्डेसनले आफ्नो खर्च र आम्दानी सार्वजनिक गरेको छ । हाल सम्म रंगशाला निर्माणमा ४३ करोड ४८ लाख खर्च भई सकेको फाउन्डेसनले जनाएको छ । ४३ करोड खर्च हुँदा ३२ करोड ३० लाख २४ हजार संकलन भएको छ । फाउन्डेसन ११ करोड १७ लाख ८२ हजार ऋणमा रहेको छ । ऋणको कारण अपेक्षित रुपमा निर्माण कार्य अघि बढाउन नसकिएको फाउन्डेसनले जनाएको छ ।

रंगशाला निर्माणको लागि कुल लगात ३ अर्व ५५ करोड अनुमान गरिएको छ । परियोजना निर्माणको कुल लागत रकमको ९.१० प्रतिशत संकलन भएको छ । मुख्य क्रिकेट खेल मैदानको ८५ प्रतिशतक काम सम्पन्न भई सकेको छ । प्याराफिटतर्फ काम ३० प्रशितक सकिएको फाउन्डेसनले जनाएको छ ।

त्यस्तै आर्थिक सहयोग जुटाउन हाम्रो रंगशालामा मेरो कुर्सी अवधारणा सार्वजनिक गरिएको छ । हाम्रो रंगशालामा मेरो कुसी अवधारणा सार्वजनिक गरिएको हो । यस अभियान अन्तर्गत प्रत्येक ब्यक्ति, संस्था र समूहले आ आफ्नो नाम वा परिवारको साथै अन्य नाममा कुर्सी सुरक्षित गर्न सक्ने छन् ।

एउटा कुर्सी सुरक्षित गर्न १ लाख रुपैयाँ तिनुपर्ने हुन्छ । मोबाइल एप्स, फेसबुक र अन्य संचार माध्यमहरु मार्फत एक महिना भित्र सार्वजनिक रुपमा उपलब्ध गराइले फाउन्डेसनले जनाएको छ । यस अभियानबाट रंगशाला निर्माणको लागि ३ अर्व संकल हुने अपेक्षा गरिएको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.