default_image

5 years ago

March 2, 2021

गौतमबुद्ध रंगशाला: सहयोग घोषणा ६९ करोड, उठ्यो ९ करोड

177 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस सुन्तली फाउण्डेसनले जनस्तरबाट चितवनको भरतपुरमा निर्माण गरि रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सोमबार आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको छ ।

रंगशाला निर्माणको लागि गतवर्ष माघमा धन धान्याचल महोत्वस आयोजना गरिएको थियो । उक्त महोत्वसमा विभिन्न संघ संस्था र व्यक्तिहरुबाट ६९ करोड रुपैयाँ सहयोग गर्ने वाचा गरिएको थियो । तर वाचा गरेको अनुसार रकम भने संकलन नभएको बताइएको छ ।

फाउण्डेसनले सोमबार हाम्रो रंगशालामा मेरो कुर्सी भन्ने अवधारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा घोषणा भएमध्ये बाट अहिले सम्म ८ करोड ६९ लाख ६२ हजार मात्र उठेको जानकारी गराएको छ ।

रंगशाला निर्माणमा हालसम्म ४३ करोड ४८ लाख ६ हजार खर्च भएको छ । संकलन भने ३२ करोड ३० लाख २४ हजार छ । समग्रमा रंगशाला निर्माणमा ११ करोड १७ लाख ८२ हजार ऋणमा हरेको बताइएको छ । रंगशाला निर्माणको लागि कुल ३ अर्ब ५५ करोड लाग्ने अनुमान गरिएको छ । कुल लागत रकमको ९.१० प्रतिशत उठेको छ ।

धन धान्याचलमा घोषणा गरेर रकम दिन बाँकी मध्येकाले अब कुर्सीमा आफ्नो वा संघ संस्थाको नाम लेखाउने गरि भूक्तानी पनि गर्न मिल्ने फाउन्डेसका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले जानकारी दिए । ‘त्यो बेला मनन र रकम हन्तान्तरण गर्ने सबैलाई धन्यवाद’, उनले भने,‘बाँकी रकम उठ्नेक्रममा छ । कबोल भएको रकम चाँडै उठ्नेमा आशावादी छौं ।’

रंगशालामा निर्माणमा आफूहरुले संयोजनको भूमिका मात्र निर्वाह गरेको कट्टेले दोहोराएका छन् । ‘यो अभियान राष्ट्रका लागि केहि गर्ने एउटा अवसर हो । सबैले मैले सहयोग गरेको खण्डमा मात्र सफल हुन्छ भन्ने भावना लिन आग्रह गर्दछु । तपाईंहरुले दिएको सद्भाव, माया, सहयोग र हौसलाले कुनैपनि समय निराश नभई काम गरि रहेका छौं, उनले भने,‘ यो एउटा यस्तो परियोजना हो जसले आत्मा सन्तुष्टि दिन्छ । सबै नेपालीको रंगशाला हो । खेलकुदको एउटा मन्दिर हो । इच्छा र शक्ति भएमा यो देशमा असफल भन्ने केहि कुरा छैन ।’

उनले थपे, ‘यो एउटा इमान्दारिताको यात्रा हो । हामीले अपनत्व गरेको खण्डमा मात्र रंगशाला निर्माणको लागि सम्भव छ । रंगशालामा मात्र नभएर हरेक नेपालीको मन, भावना, इच्छा र शक्ति पनि ठडिने हो।’

रंगशाला निर्माण समिति सल्लाहकार हरिवंश आचार्यले यो साच्चिँकै महान काम भएको बताए । हाम्रो रंगशालामा मेरो कुर्सी भन्ने अवधारणाले आर्थिक सहयोग गर्न धेरै सहज हुने हरिवंशले बताए । अर्का सल्लाहकार मदनकृष्ण श्रेष्ठले उक्त अवधारणले हाम्रो र मेरो मिसिएपछि झन बलियो हुने विश्वास ब्यक्त गरे ।

रंगशाला खेलकुद समितिका संयोजकत्व तथा तेक्वान्दोका कीर्तिमानी पदकधारी दिपक विष्टले आफूहरुले गर्नुपर्ने काम धुर्मुस सुन्तलीे गरेकोमा धन्यावाद दिए । पत्रकार सम्मेलनमा बोल्दै विष्टले रंगशाला निर्माणमा सहयोग गर्न देश विदेशमा रहने सम्पूर्ण नेपालीमा अनुरोध पनि गरे ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.