5 years ago
March 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) प्रतियोगितामा सोमबार रुपन्देहीको न्यू एकेडेमी र काठमाडौँको हिमालयन ह्वाइट हाउस विजयी भएका छन् ।

दिनको पहिलो खेलमा न्यू एकेडेमीले दाङको रोजी बर्ड्सलाई १ सय ५ रनले हरायो । टस जितेर पहिला ब्याटिङ रोजेको न्यू एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७० रन बनाएको थियो । अंकित बिएमले ३३, सन्दिप विष्टले ३१ र सुवाश थापाले ३० रनको योगदान दिए । आशिष सुवेदीले ३, विजय विश्वकर्मा र यकुव मियाले २-२ विकेट लिए ।
जितका लागि १ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको रोजी बर्ड्स १७.१ ओभरमा ६५ रनमा अल आउट भयो । खुम चौधरीले २० रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । रोजी बर्ड्सलाई सस्तैमा समेट्न सन्दीप विष्टले ३, सुरेश रावल र अनिल थापाले २-२ विकेट लिए । खेलका म्यान अफ द म्याच न्यू एकेडेमीका सन्दिप विष्ट भए ।
दिनको दोस्रो खेलमा ह्वाइट हाउसले कञ्चनपुरको लिटल बुद्ध एकेडेमीलाई ८ विकेटले हराउन पुग्यो । टस जितेर पहिला ब्याटिङ रोजेको लिटल बुद्ध १७.५ ओभरमा ७२ रनमा अल आउट भयो । रोयल बम र राजेश ऐरले १५–१५ रन बनाए । ह्वाइट हाउसका स्पिन अलराउन्डर गजेन्द्र बोहराले सर्वाधिक ५ विकेट लिए । सन्दीप शाहीले ३ विकेट लिए ।
जितका लागि ७३ रनको विजयी पछ्याएको ह्वाइट हाउसले ११.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । दीपक बोहरा ५० रनमा अविजित रहे । निश्चल थापाले १९ रन जोडे । सागर भण्डारी र राजेश ऐरले १-१ विकेट लिए । खेलका म्यान अफ द म्याच गजेन्द्र बोहरा चुनिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]