5 years ago
March 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले ललितपुर महानगरपालिका सहयोगमा ललितपुर मेयर कप–२०७७ महिला टि२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

काठमाडौं मेयर कप–२०७७ पुरुष एकदिवसिय क्रिकेट प्रतियोगिता सकिए लगत्तै चैत्र पहिलो सातादेखि ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिता गर्ने तयारी गरि रहेको क्यान निकट स्रोतले हाम्रो खेलकुदलाई जानकारी दिएको छ । ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगितामा पनि ५ टोली नै हुने छन् ।
प्रतियोगितामा गत पुषमा दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता सेमिफाइनलमा पुगेका चार टोलीहरु प्रदेश एक, नेपाल एपिएफ क्लब, सुदूरपश्चिम र लुम्बिनी प्रदेशसँगै ललितपुर महानगरको एउटा टोली बन्ने छ । ललितपुरको टोलीमा समूह चरणबाटै बाहिरिएका प्रदेश २, बागमती, गण्डकी र कर्णाली प्रदेशबाट खेल्दै उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरु छनोट गरि टोली निर्माण हुने छ ।
यस प्रतियोगिताले आगमी सेप्टेम्बरमा मलेसियामा नेपालले खेल्ने एसिया छनोट टि२० विश्वकपलाई धेरै सहयोग पुग्ने आशा गरिएको छ । नेपालले खेल्ने एसिया छनोट सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि ग्लोबल छनोटमा पुग्ने सुरुवाती यात्रा हो । उक्त एसिया कप छनोट जित्न सके नेपालले ग्लोबल छनोटमा स्थान बनाउने छ ।
पुषमा भएको प्रधानमन्त्री महिला कपको फाइनलमा विभागीय टोली एपिएफलाई ६ रनले हराउँदै प्रदेश नम्बर एक इतिहासमा पहिलो पटक राष्ट्रिय च्याम्पियन बनेको थियो ।
काठमाडौं मेयर कप पुरुष प्रतियोगिता फागुन २२ देखि २९ सम्म हुँदै छ । माघमा सम्पन्न प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका चार वटा सेमिफाइनलिस्ट टिमहरू त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशसँगै काठमाडौं महानगरपालिकाको टिमबीच प्रतिस्पर्धा हुँदै छ । काठमाडौंका महानगरपालिका टोलीमा बागमती बाहेक अन्य ६ प्रदेशका खेलाडी मिलाएर बनाइएको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]